आज:  | Mon, 06, May, 2024

विद्यालयको पठनपाठन नै ठप्प पारी शिक्षक आन्दोलनमा ७०लाख विद्यार्थीको भविश्य अन्योल

४ आश्विन २०८०, बिहीबार ०७:५५ मा प्रकाशित ( ७ महिना अघि) ३८७ पाठक संख्या
नारी बाटिका


काठमाडौँ,४ असोज ।

यतिवेला देशभरका शिक्षकहरू विद्यालयको पठनपाठन नै ठप्प पारी आन्दोलनमा लागका छन् । शिक्षकहरु आफ्ना जागिरका सेवासुविधा सहितको माग पुरा गर्न आन्दोलनमा उत्रियपछी देशभरका ७० लाख विद्यार्थीहरुको भविश्य अन्योलमा परेको छ । शिक्षकहरुको आन्दोलनले आजदेखि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको हो ।

सरकारले केही समय अगाडी विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गरेपछी उक्त विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आक्रास पोख्दै आन्दोलन लागेका हन् । हिजो असोज ३ गते संंविधान दिवसका दिन देशभरबाट करिब ७० हजार शिक्षकहरु आन्दोलनको लागी काठमाडौं माईतीघर मण्डलामा सहभागी भएका थिए । शिक्षकहरु आन्दोलनका लागि काठमाडौँ आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको हो ।

विद्यालय शिक्षा विधेयकको बिरोधमा नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका हुन् । हिजो संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो। त्यसै विदाको अवसर पारेर देशभरका शिक्षककहरुलाई आन्दोलनमा सहभागी हुन सहज भएको थियो । कडा आन्दोलनका लागी उनिहरुले आजदेखि अनिश्चितकाल सम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द गर्न लागेका हुन्।

नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीले शिक्षक कर्मचारी आन्दोलनका लागि काठमाडौँ आएकोले सम्पूर्ण विद्यालयको पठनपाठन अवरुद्ध हुने बताए ।आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदामा पढाउने गरि व्यवस्था मिलाइएको उनको भनाइ छ। ‘जति कार्यदिन बन्द हुन्छ । त्यति दिन पछि पढाउँछौ। आन्दोलनभर पूर्णरूपमा विद्यालय बन्द रहनेछन’ महासचिव सुवेदीले भने।

सरकारकै कारण काठमाडौँ आएर आन्दोलन गर्नुपरेको भन्दै विद्यार्थीहरूको पढाईमा कुनै समस्या नपार्ने उनले बताए । तर शिक्षकका आफ्ना जागिरका सेवासुविधा सहितको माग राखी सम्पूर्ण विद्यालयको पठनपाठन ठप्प पारी आन्दोलनमा लागी बालबालिकाले स्वतन्त्र रुपमा पढ्न पाउने अधिकारको भने हनन् भएको सरोकारवालाहरुले बताएका छन् ।

रोकिएको पढाइ पछि सार्वजनिक बिदामा पढाउने गरि व्यवस्था मिलाइएको भनियता पनि नेपालीको मुख्य चाडपर्व नजिकिदै गएकोले चाडपर्वमा परेका बिदामा बालबालिकालाई विद्यालयमा पठनपाठन गराउँदा सहज नहुने बताउँछन् । आन्दोलनको आज पहिलो दिन हिजो ७० हजारको हाराहारीमा शिक्षकहरु प्रदर्शनमा उत्रिएका थिए । यो संख्या आज झन बढ्ने महासचिव सुवेदीको भनाइ छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस