आज:  | Mon, 06, May, 2024

धादिङ सिद्वलेख गाउँपालिका ६ परेवाटारमा स्कुटर दुर्घटना

५ आश्विन २०८०, शुक्रबार ०८:३२ मा प्रकाशित ( ७ महिना अघि) ५१५ पाठक संख्या
नारी बाटिका


धादिङ, ५ असोज ।

विहिबार बेलुकी अं.६ : १५ बजेको समयमा धादिङ जिल्ला सिद्वलेख गाउँपालिका ६ परेवाटारमा स्कुटर दुर्घटनामा परेको छ । उक्त दुर्घटना कालु पाण्डे लोकमार्गमा फुर्के खोलाबाट बुङचुङ तर्फ जादै गरेको बा.प्र ०२(०४१ प ५२२१ नं.को स्कुटर आफै अनियन्त्रित भई सडकबाट अं १० मिटर तल खसी दुर्घटना भएको हो ।

दुर्घटना हुंदा स्कुटर चालक धादिङ जिल्ला निलकण्ठ नगरपालिका ९ बस्ने बर्ष २६ को दिपक लम्सालको अनुहार र निधारमा चोट लागेको छ भने उनको स्वास्थ्य अबस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी डिएसपी सन्तुलाल प्रशाद जैसवारले जानकारी दिनु भयो ।

यस्तै ऐ.स्कुटरमा पछाडी सवार बस्ने बर्ष २३ कि अनिशा सुन्दासको टाउकोमा चोट अबस्था मध्यम रहेको छ । घाईते दुवै जनालाई उपचारको लागि टिचिङ अस्पताल मलेखु पठाईएको, ,उक्त स्थानमा अ.प्र. पोष्ट फुर्केखोलाबाट प्र.व.ह.को कमाण्डमा टोली खटि गई घाईतेको उद्धार गरेको थियो । साथै स्कुटरको अगाडीको भागमा क्षेति भएको र स्कुटर घटना स्थलमा रहेको धादिङ प्रहरीले जनाएको छ ।

स्कुटर चालक धादिङ निलकण्ठ न.पा.९ का बर्ष २६ को दिपक लम्सालको अनुहार निधारमा चोट अबस्था मध्यम रहेको उनको सामान्य उपचार पश्चात थप उपचारको लागी बेलुकी नै ट्रमा सेन्टर काठमाण्डौ रिफर गरिएको छ ।

साथै स्कुटरमा पछाडी सवार बर्ष २३ कि अनिशा सुन्दासको टाउकोमा चोट अबस्था मध्यम रहेको र उनिलाई पनि सामान्य उपचार पछी थप उपचारको लागी विहिबार बेलुकी नै जिल्ला अस्पताल धादिङबेशीमा पठाईएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस