आज:  | Mon, 06, May, 2024

काभ्रेमा जिल्लामा तत्कालै विद्यालय सञ्चालन गर्न स्थानीय तहको निर्देशन

५ आश्विन २०८०, शुक्रबार १७:३३ मा प्रकाशित ( ७ महिना अघि) ३२२ पाठक संख्या
नारी बाटिका


काभ्रेपलाञ्चोक, ५ असोज ।

विहिबारदेखी विद्यालयको पठनपाठन ठप्प पारी देशभरका शिक्षकहरु आन्दोलनमा लागेपछी काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय तहका प्रमुखले तत्काल विद्यालय खोली पठनपाठन सुचारु गर्न निर्देशन दिएका छन् । सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक २०८० प्रति असन्तुष्टि व्यक्त गर्दै विद्यालय नै बन्द गरी देशभरका शिक्षकहरु आन्दोलनमा लागेपछी करिब ७० हजार बालबालिकाको भविश्य नै अन्योलमा पर्ने अबस्था देखिएको छ ।

बालबालिकाको लेख्न पढ्न पाउने अधिकारको हनन् भएको भन्दै काभ्रेमा जिल्लाका स्थानिय प्रमुखहरुले तत्कालै विद्यालय खोली शिक्षण कार्यलाई निरन्तरता दिन निर्देशन दिएका हुन् । स्थानीय तहका प्रमुख तथा उपप्रमुखको आज धुलिखेलमा सम्पन्न संयुक्त बैठकले यस निर्देशन दिएको हो ।

विद्यालय अनिश्चितकालीन बन्द गर्दा विद्यार्थीको शैक्षिक अधिकार हनन् भएको ठहर गर्दै काभ्रेपलाञ्चोकका स्थानीय जनप्रतिनिधिले निर्देशन दिएका हुन् । नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाको संयोजकत्वमा बसेको बैठकले विज्ञप्ति जारी गर्दै बन्द गरिएका विद्यालय तत्काल सञ्चालन गर्न निर्देशन दिएको हो ।

पछिल्लो समय नेपालमा बिद्यार्थीको भबिश्य नभएको भन्दै लाखौं विद्यार्थीहरु महंगो शुल्क तिररै भएपनि देश बाहिरका कलेजहरुमा अध्ययन गर्न जानेको लहर नै चलिरहेको बेला नेपालमा भने शिक्षकहरु आफ्ना माग पुरा गर्नका खातिर विद्यालय नै बन्द गरी आन्दोलनमा लागेको यो नौलो कुरा त हैन ।

पटक पटक यसरी “विद्यालय बन्द गर्दा बालबालिकाको शैक्षिक अधिकार हनन् हुनुका साथै शिक्षामा ठूलो असर परेकाले सबै सरोकारवाला संवेदनशील भई तत्काल विद्यालय सञ्चालन गर्नुपर्ने निष्कर्ष निकाली विद्यालय सञ्चालन गर्न निर्देशन दिने निर्णय गरेका हौँ”, लामाले भन्नुभयो ।

विज्ञप्तिमा काभ्रेपलाञ्चोकका १३ स्थानिय तह मध्ये दश स्थानीय तहका प्रमुखले हस्ताक्षर गर्नु भएको छ । तत्काल विद्यालय सञ्चालन नगरेमा स्थानीय सरकारले कानुन अनुसार पठनपाठन सञ्चालन गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।उक्त बैठकले नेपाल सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८० प्रति असन्तुष्टि लगायतका माग राखी देशैभरका शिक्षकहरुले विभिन्न माग अघि सारी आन्दोलनमा उत्रिएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस