आज:  | Fri, 17, May, 2024

मुगु बजारमा आगलागी हुंदा ३ घर जलेर नष्ट, एकजना घाइते

६ आश्विन २०८०, शनिबार ०८:२५ मा प्रकाशित ( ७ महिना अघि) ४४८ पाठक संख्या
नारी बाटिका


तस्वीर : अनलाईन खबरबाट साभार

मुगु,०६ असोज ।

आज गए राति करिब साढे १२ बजे तिर मुगु जिल्लाको गमगढी बजारमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएको छ। रातिको समय करिब साढे १२ बजे तिर फैलिएको आगोले प्रदीप रावल, पुतली मल्ल र सान्त्वना खत्रीको घर जलेर पूरै नष्ट भएका छन्। आगो नियन्त्रणमा लिने क्रममा जंग शाहीको घर समेत भत्काइएको मुगु प्रहरीले जनाएको छ।

छेउकै विजय होटल रहेको रावल र मल्लको एउटै छाना भएको घरबाट आगलागी शुरु भएको थियो। आगलागीका कारण मल्लको घरमा रहेको विजय होटल, नरेश मल्लको कम्प्युटर पसल र वडाध्यक्ष पदम मल्लको कपडा पसल जलेर नष्ट भएका छन् । सँगै रहेको मोबाइल पसल, टेलर पसल र हेएर कटिङ लगायत अन्य खुद्रा पसलका सामान समेत जलेर काम नलाग्ने अवस्था भएको प्रहरीले जनाएको छ।

आगलागी हुनुको कारण कम्प्युटर तथा इलेक्ट्रोनिक पसलमा विद्युत् सटभई आगलागी भएको अनुमान गरिएको छ । करिब ५ घण्टा लगातार लागेको आगो नेपाल प्रहरी मुगु, नेपाल रेडक्रस मुगु र स्थानियवासीको सक्रियतामा नियन्त्रणमा लिइएको हो।

मुगु बजारमा अधिकांश जस्तै घरहरु काठले बनेका कारण वर्षै पिच्छे आगलागीका घटना हुने गरेको नेपाल प्रहरी मुगुले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस