आज:  | Sun, 19, May, 2024

नेपाल ट्रेड युनियन काँग्रेस धादिङद्धारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न

६ आश्विन २०८०, शनिबार १९:४० मा प्रकाशित ( ७ महिना अघि) ७५५ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती
नारी वाटिका संवाददाता

धादिङ,०६ असोज ।

नेपाल ट्रेड युनियन काँग्रेस धादिङद्धारा आज शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस धादिङका जिल्ला अध्यक्ष धुर्व प्रशाद रिजालको अध्यक्षता,नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष लक्ष्मण बस्नेतको प्रमुख आतिथ्यता तथा संघीय सांसद रामनाथ अधिकारीको विशेष आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा वागमती प्रदेशका १३ वटै जिल्लाका जिल्ला अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

वागमती प्रदेश स्तरिय टे्रड युनियनका पदाधिकारीहरुको उपस्थितमा सम्पन्न कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका संस्थापक अध्यक्ष लक्ष्मण बस्नेतले नेपाली कांग्रेसको समर्थनमा बनेको अहिलेको सरकारले विकास निर्माण कार्यलाई अगाडी वढाउनु पर्ने बताउनु भयो ।

नेपाल ट्रेड युनियन कांग्रेस धादिङ जिल्ला कार्य समितीको आयोजनामा शुभकामना तथा निर्वाचित वागमती प्रदेश तथा वागमती प्रदेशभित्रका सबै जिल्ला अध्यक्ष लगायत पदाधिकारीहरुको सफल कार्यकालको लागी शुभकामना तथा सम्मानका लागी भेटघाट समेत गर्ने अवसर जुटाउन धादिङ जिल्लाले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा वोल्दै धादिङका पार्टी सभापती तथा संघीय सांसद रामनाथ अधिकारीले वजेट द्धारा सडक लगाएत पुर्वधारको विकास लाई अगाडि वढाएको बताउनु भयो । त्यस्तै नेपाली काँग्रेस पार्टीलाई मजबुद वनाउन आफुले कार्यकर्ताको समस्यालाई बुझेर काम गरिरहेको बताउनु भएको छ । साथै नागरिकका हितमा सहयोग गर्न आफु संधै तत्पर हुने र मजदुर तथा श्रमिकको अधिकाकारका लागी आफुले योजनाका साथ काम गर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष लक्ष्मण बस्नेतले नेपाली काँग्रेसले श्रमिक र मजदुरका समस्या बुझेर उनिहरुकै हितमा काम गर्नु पर्ने बताउनु भएको छ । उहाँले मजदुरहरुको हक अधिकार रक्षाको लागी नेपाल ट्रेड युनियन कांग्रेस लागी परेको र अधिकार रक्षाको लागी संसद देखि स्थानिय स्तर सम्म कांग्रेस नेतृत्वको पालिका प्रमुखहरुले समेत निती तथा योजना बनाई सहयोग गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिती धादिङका पदाधिकारीहरु,वागमती प्रदेश सांसद नेता गोविन्द प्रशाद लम्साल,धादिङ क्षेत्र न.२(क)का क्षत्रिय सभापती राकेश धमला,नेता हरी अधिकारी, ज्वालामुखी गाउँपालिका अध्यक्ष यमनाथ दनै,महासमिती सदस्य देवी बुल्लाकोटी,ट्रेड युनियन काँग्रेसका प्रदेश तथा केन्द्रिय प्रतिनिधिहरु लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाल शिक्षक संघ धादिङका पुर्व अध्यक्ष तथा ट्रेड युनियन केन्द्रिय सदस्य विष्णु प्रशाद अधिकारी,वागमती प्रदेशका उपाध्यक्ष तुलसी प्रशाद अधिकारी, उपस्थिती रहेको थियो । साथै व्युटिसियन संघ, स्वास्थ्यकर्मि संघ, नाई संघ, पशु प्राविधिक संघ, वित्तिय कर्मचारी संघ, यातायात मजदुर संघ , व्यापार सम्वद्ध श्रमिक संघ, कृषि श्रमिक संघ,निर्माण तथा सम्वद्ध श्रमिक संघ लगाएतको सहभागिता रहेको थियो ।

साथै कृर्षी श्रमिक संघ धादिङका अध्यक्ष विष्णु प्रशाद पाख्रेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रममा आतिथ्यता गर्नु हुने सम्पुर्ण अतिथीहरलार्ई अध्यक्ष धुर्व प्रशाद रिजाल र नेपाल ट्रेड युनियन काँग्रेस वागमती प्रदेशका माधिवेशन प्रतिनिधी भगवतीले फुलको गुच्छाले स्वागत गर्नु भएको थियो । साथै कार्यक्रमको संचालन जिल्ला कार्य समिति शिक्षक संघ तथा नेपाल ट्रेड युनियन धादिङका जिल्ला सचिव हरी अधिकारीले गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस