आज:  | Fri, 17, May, 2024

राष्ट्रपति रामचन्द्र पौडेल आज जनकपुरधाम दर्शनमा आउँदै

८ आश्विन २०८०, सोमबार ०७:३९ मा प्रकाशित ( ७ महिना अघि) २८८ पाठक संख्या
नारी बाटिका


जनकपुर,०८ असोज ।

राष्ट्रपति रामचन्द्र पौडेल आज जनकपुरधाम दर्शनमा आउँदै हुनुहुन्छ । यस अघिको राष्ट्रपति पौडेलको जनकपुर धाम आउने कार्यक्रम स्थगित भएको थियो । सोही कार्यक्रमलाई निरन्तरता दिँदै नागरिकता विधेयक प्रमाणीकरणपछि जानकी मन्दिरको दर्शन गर्न उहाँ आज जनकपुरधाम आउन लाग्नु भएको हो।​

यही कार्यक्रमकै क्रममा पौडेलद्वारा जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने तयारी गरिएको छ। राष्ट्रपती पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिकाले नागरिक अभिनन्दन कार्यक्रम आयोजना पनि गरेको छ । सोमबार दिउँसो १ बजेबाट सांस्कृतिक केन्द्र सभा हलमा उक्त कार्यक्रम आयोजना हुने भएको छ ।

यस कार्यक्रम शहरी विकासमन्त्री सीता गुरुङको अध्यक्षतामा आयोजना हुने तथा प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधि, मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादव, मधेश प्रदेश सभामा सभामुख रामचन्द्र मण्डलको आतिथ्यता रहेने छ ।

साथै कार्यक्रममा राष्ट्रपति कार्यालयका सचिव तथा पदाधिकारी, जिल्ला समन्वय समिति धनुषाका पदाधिकारी पालिका प्रमुखहरू लगायतका व्यक्तित्वहरुको उपस्थिति रहने जनाइएको छ।

साथै उक्त सांस्कृतिक केन्द्र २०५७ सालमै शिलान्यास भए पनि विभिन्न कारणवश थलिएको थियो भने २३ वर्षपछि आज शोमबार समुद्घाटन हुन लागेको हो । यस सांस्कृतिक केन्द्र २३ वर्षपछी उद्घाटन भई प्रयोगमा आउन लागेकोले जनकपुरधामवासीले खुसी भएएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस