आज:  | Sun, 19, May, 2024

धादिङ प्रहरीद्धारा प्रेमिकाको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ,साथमा भिडियो सहित

८ आश्विन २०८०, सोमबार १८:५४ मा प्रकाशित ( ७ महिना अघि) १००९ पाठक संख्या
नारी बाटिका


धादिङ,०८ असोज ।

जिल्ला प्रहरी कार्यलय धादिङद्धारा गर्भवती प्रेमिकाको हत्या गरी फरार रहेका अभियुक्त (प्रतिवादी ) पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी काचन (साविक) काचन गाविस–६ का ३५ वर्षिय अरुण कुमार मिझारलाई धादिङ प्रहरीले पक्राउ गरेको हो ।

मिझारले मोरङ विराटनगर महानगरपालिका–५ की आफ्नै प्रेमिका ३२ वर्षिय ललिता कुमारी रामको हत्या गरी फरार रहेकोमा ६ वर्षपछी यहि असोज ५ गते सप्तरी काचन वोदेबर्साइन नगरपालिका–८ काचनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले आज पत्रकार सम्मेलन गरी धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनु भयो ।

समाजमा अपराध गर्ने अपराधीहरु भागेर जती कानुनको नजरबाट बच्न खोजे पनि कुनै न कुनैदिन अवश्यपनि सजायँ पाउने नै छन् भने झैँ मिझारले देशै छाडेर बस्दै आएको एसपी मिश्रले बताउनु भयो । मलेसिया, दुवई, भारत लगायतका मूलुकहरुमा गई लुकिछिपी बस्दै आएको थियो ।

उहाँले भन्नु भयो– ‘हाल नेपाल आएको समयमा प्रतिवादी मिझारलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा मकवानपुरको सहयोगमा सप्तरीबाट पक्राउ गरिएको हो ।’‘ललिता २०७४ भदौ २१ गते मोरङबाट काठमाडौ आएको परिवारका स्रोतले जानकारी दिएका थिए ।

निज मिझारले हत्या गरेका धादिङको धुनीवेशी नगरपालिका–९ टायलघर स्थित पृथ्वी राजमार्ग अधेरीखोलामा २०७४ असोज १२ गते साँझ वेवारिसे दुर्गन्धित अवस्थामा मिझारका प्रेमिका ललितालाई मृत भेटिएको थियो । मृतकले लगाएको कपडा र चप्पल हेरी मृतकका भाइ निर्मलदास रामले मृतक ललितालाई आफनी दिदी हो भनी पहिचान गरेका हुन् । ’ एसपी मिश्रले भन्नु भयो– ‘मृतक ललिता पेशाले स्टाफ नर्स थिईन् ।

मृतक महिलाको मोवाइल तथा प्राविधिक अनुसन्धान पछि मृतक ललिता र प्रतिवादी मिझार प्रेम सम्बन्धमा रहेका खुलेको थियो । उनीहरुविचको सम्बन्धबाट मृतक ललिता गर्भवती रहेको खुलेको हो । उनीहरुविच असमझदारीका कारण मिझारले हत्या गरेको पुष्टि भएको छ । अहिले मिझारलाई धादिङ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस