आज:  | Sun, 19, May, 2024

नेपाल प्रहरीका सम्पर्क बिहिन प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयको निर्देशन

१० आश्विन २०८०, बुधबार १७:०८ मा प्रकाशित ( ७ महिना अघि) २५१ पाठक संख्या
नारी बाटिका


काठमाडौँ, १० असोज ।

ेपाल प्रहरीका सम्पर्क बिहिन भएका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले ेनिर्देशन जारी गरेको छ । केही समयदेखी कार्यालयको सम्पर्कमा नरहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन जारी गरेको हो ।

वुधबार प्रहरी हेडक्वाटरले गैरहाजिर प्रहरीहरुको नामावली बिवरण सहित एक सार्वजनिक सुचना प्रकाशन गर्दै सात दिनभित्र कार्यालयमा हाजिर हुन आउन निर्देशन दिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनु भयो ।

कडायतले भन्नु भयो, “लामो समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर भएका र खोजतलास गर्दा पनि नभेटिएकाले आज सूचना प्रकाशित गरी गैरहाजिर हुनाका कारण खुलाई स्पष्टीकरण पेस गर्न एक हप्ताको म्याद दिई सम्पर्कमा आउन भनेका छौँ ।”

कार्यलयको सम्पर्क बिहिन भएका मध्यका प्रहरी प्रधान कार्यालयद्वारा आज प्रकाशित सूचना अनुसार गैरहाजिर भएका प्रहरी कर्मचारीहरुमा प्रहरी सहायक हबल्दारहरु अमित श्रेष्ठ, समीर दाहाल, जनम राई र कमल श्रेष्ठ रहेका छन् ।

यसैगरी प्रहरी जवानहरुमा निवास चौधरी, पूर्ण बहादुर वली, हेमन्त कुमाल, प्रेम कुँवर, उमेश लामा, अमर डाँगी, दीपक राई, सुस्मत खड्का, केवोङलिङ आङदेम्बे, जीबहादुर पुन, राजकुमार महत, अनिल परियार, प्रकाश अधिकारी, आशामाया तामाङ, किशोर थारू, मोहनसिंह विक, सुरेन्द्र बहादुर शाही र सन्तोष सुनार रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस