आज:  | Sun, 19, May, 2024

सुक्रबार वीरगञ्जको बाल सुधार गृहबाट २ जना कैदीबन्दी फरार

१२ आश्विन २०८०, शुक्रबार १५:०३ मा प्रकाशित ( ७ महिना अघि) ३४२ पाठक संख्या
नारी बाटिका


तस्वीर अनलाईन साभार

धादिङ,१२ असोज

सुक्रबार पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा रहेको बाल सुधार गृहबाट दुई जना कैदीबन्दी फरार भएका छन् । आज बिहान सुधार गृहको छतबाट हाम फालेर दुई जना कैदीबन्दी भागेका हुन् । उनीहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं् प्रहरी नायब उपरीक्षक (डीएसपी)कुमार विक्रम थापाले जानकारी दिनु भयो ।

फरार भएका कैदीबन्दीहरु कर्तव्य ज्यान मुद्दा र जबरजस्ती करणी मुद्दामा बाल सुधार गृहमा ल्याइएका बाल कैदीबन्दी रहेका उहाँले बताउनु भयो ।यस अघि भक्तपुरमा रहेको बाल सुधार गृहमा झडप भएपछि केहीलाई पर्सा जिल्लामा रहेको बाल सुधार गृहमा लगिएको थियो ।

भक्तपुरस्थित बाल सुधार गृहमा क्षमता भन्दा बढी कैदीबन्दी रहेको भन्दै उनिहरुलाई उता लगेपछि वीरगञ्जको सुधार गृहमा पनि झडप भएको थियो । वीरगञ्जको सुधार गृहमा झडप हुँदा दुई जना प्रहरी सहित १४ जना घाइते भएका थिए । वीरगञ्जको सुधार गृहमा एक सय २६ जना कैदीबन्दी राखिएका छन् ।

बाल सुधार गृहमा कारागार चलान गर्नु पर्ने फैसला भएका १८ वर्षमुनिका व्यक्तिलाई राख्ने व्यवस्था छ । तर बाल सुधार गृहमा लगिसकेपछि १८ वर्ष पूरा हुँदा पनि अन्यत्र लैजाने कानुन नहुँदा २५–२६ वर्ष उमेर समुहका व्यक्ति समेत बाल सुधार गृहमा भेटिएका छन् ।

मानव अधिकारकर्मीहरूको टोलीले बाल सुधार गृहमा अनुगमन गर्दा बाल सुधार गृह यातना गृह जस्तो हुनु, सुधार गृहमा हुनु पर्ने आधारभूत सुविधा नहुनु, क्षमता भन्दा बढी कैदीबन्दी राख्नु, १८ वर्ष पूरा भइसकेका पनि सुधार गृहमै रहने लगायतका कारणले समस्या सिर्जना भएको निष्कर्ष निकालेको छ ।

पछिल्लो समयमा साथै गएको भदौ देखिदेशका विभिन्न ज्ल्लिामा रहेका बाल सुधार गृहहरुमा केही समस्या आइरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस