आज:  | Mon, 29, Apr, 2024

बिश्व मुटुु दिवस धादिङमा सचेतनमुलक कार्यक्रम गरी मनाईयो

१२ आश्विन २०८०, शुक्रबार १९:२४ मा प्रकाशित ( ७ महिना अघि) ३०० पाठक संख्या
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ,१२ असोज ।

प्रत्येक वर्ष आजकै दिन विश्व मुटु दिवस मनाउने गरिन्छ । यही सन्धर्वमा धादिङमा पनि आज बिश्व मुटुु दिवसका अवसरमा सचेतनमुलक कार्यक्रम गरी मनाईएको छ । विश्व मुटु दिवसको अवसरमा धादिङमा प्रभातफेरी,अभिमुखीकरण र धादिङ अस्पताललाई ईसिजी मेसिन समेत हस्तान्तरण गरी दिवस मनाईएको हो ।

यस वर्षको मन लगाउँ, आफनो मुटु बचाउँ भन्ने मुल नाराका साथ धादिङबेशी स्थित पुछारबाट सुरु भएको प्रभातफेरी धादिङ अस्पतालमा पुगेर सम्पन्न भएको थियो भने प्रत्येक मानिसले आफ्नो मुटु स्वच्छ र स्वथ्य राख्न सचेतना जगाउने उदेस्यले सरोकारवालाहरुलाई सहभागी गराई अभिमुखिकरण कार्यक्रम गरिएको थियो ।

अभिमुखीकरण कार्यक्रममा मन्तव्य राख्नु हुदै धादिङ अस्पतालका निमित्त मेसु डा.सुरेन्द्र प्रसाद भट्टले जन्मजात, बाल अवस्था र वृद्धा अवस्थामा हुने मुटु रोगको बारेमा चर्चा गर्दै सवैलाई सचेत रहन आग्रह गर्नु भएको छ । बृद्ध अवस्थामा आउने मुटु रोग मुख्य तय खानपान तथा जीवन शैलीले आउने हुँदा जाँडरक्सी, सुर्ती, चुरोट तथा चिल्लो, पिरो, बोसो, भुटेका, तारेका खानेकुरा नखाए मुटु रोगबाट बच्न सकिने उहाँको भनाई छ ।

उहाँका अनुसार अहिले युवावस्थामा नै मुटुमा समस्या हुँदा धेरै मानिसलाई हृदयघात हुने गरेको छ । जन्मजात हुने मुटुुरोगमा कुनै न कुनै कारणले बच्चाको बढ्ने प्रक्रियामा ठेस पुग्दा अथवा ढिला भयो भने मुटु राम्रो नबन्ने उहाँले बताउनु भयो । गर्भवस्थाका महिलाहरुले २० हप्ताको भिडियो एक्सरे गरेर बच्चाको मुटु राम्रो नभएमा गर्भपतन गर्न मिल्ने उहाँले बताउनु भयो ।

यसरी गर्भवस्थामै महिलाहरुले सचेत भई चेक जाँच गरी समस्या पत्ता लगाउन सके भविष्यमा आउने बच्चा, वयस्क अथवा वृद्धहरुमा जन्म जात आउने मुटु रोगको संख्यामा कमी आउने उहाँको भनाई छ ।नेपाल हृदयरोग निवारण प्रतिष्ठान धादिङ शाखाका सभापति राजकुमार श्रेष्ठको सभापतित्वमा भएको अभिमुखिकरण कार्यक्रममा एक थान ईसिजी मेशिन समेत धादिङ अस्पताललाई हस्तान्तरण गरिएको छ ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रले जिल्ला शाखा धादिङलाई प्रदान गरेको सोहि मेशिन आज एक कार्यक्रमका बिच धादिङ अस्पताललाई हस्तान्तरण गरिएको हो । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य सङ्गठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ । पछिल्लो समय मुटुरोगीको संख्या दिन प्रतिदिन बढ्दै गई रहेको छ ।

नेपालमा हाल करिब २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोगको समस्या पाइएको छ । सरकारी तथ्याङ्क अनुसार झण्डै ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ । २० प्रतिशतलाई कोलेस्टेरोल छ । १० प्रतिशतलाई मधुमेह रहेको छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली,जिल्ला समन्वय समितिका उप प्रमुख कुलमान बिश्वकर्मा, धादिङ अस्पतालका अध्यक्ष राजाराम रिजाल लगाएतका ब्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस