आज:  | Mon, 29, Apr, 2024

पछिल्लो समयमा हुने मानव वेचविखन तथा ओसारपसारको घटनाहरुमा सामाजिक सञ्जालको अत्याधिक प्रयोग हुने गरेको

१२ आश्विन २०८०, शुक्रबार २०:१३ मा प्रकाशित ( ७ महिना अघि) ६७० पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती
नारी वाटिका संवाददाता

धादिङ,१२ असोज ।

पछिल्लो समयमा हुने धेरै जसो मानव वेचविखन तथा ओसारपसारको घटनाहरुमा सामाजिक सञ्जालको प्रयोगबाट हुने गरेको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ  । महिला,बालबालिका तथा जेष्ठनागरिक मन्त्रालयद्धारा सुक्रवार धादिङवेसीमा आयोजित मानव वेचविखन तथा ओसारपसार बिरुद्धको अभियान अन्तर्रगतको अभिमुखीकरण कार्यक्रममा धादिङ जिल्लाका  विगतदेखी हाल सम्मको मानब बेचविखनको अबस्थाका बारेमा जिल्ला प्रहरी कार्यलयमा प्रहरी उपरिक्षक गौतम मिश्रले प्रस्तुतीकरण गर्नु भएको थियो ।

त्यस्तै नेपालमा हाल मानव वेचविखन तथा ओसारपसारको घटनामा वृद्धि हुदै गएको मानव वेचविखन केन्द्रीय अनुसन्धान व्युरो काठमाडौका प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर विष्टले बताउनु भएको छ । वेचविखन गर्ने शैली र बाटाहरु फेरिएका हुन् । अनलाइन तथा सामाजिक सञ्जालको दुरुपयोग गरी यस्ता घटनाहरु झनै झांगिएको उहाँले बताउनु भयो ।

‘चालु आर्थिक वर्ष २०८०÷०८१ मा मानव बेचबिखन तथा ओसार पसार घटनाका १० वटा मुद्धा दर्ता भएका छन् । गत आर्थिक वर्षमा ४३ वटा मुद्धा दर्ता भएका थिए ।’ उहाँले भन्नु भयो – ‘२०७५ देखि हालसम्म २३२ वटा मुद्धा मध्ये केन्द्रीय व्युरोमा ११६ वटा मुद्धा दर्ता भएका छन् ।’

नेपालमा पछिल्लो समयमा अनलाइनको माध्यमबाट हुने मानव बेचबिखन विरुद्धको अभियान अन्तरर्गत धादिङ आइ पुगेका डिएपी विष्टले मानव वेचविखनका घटना झनै बढेको छ । मानब तस्कर गर्ने गिरोहले सामाजिक संन्जालका विभिन्न माध्यहरु प्रयोग गरेर सर्वसाधारण देखी पढे लेखेका  शिक्षितहरु पनि प्रलोभनमा परेर फस्ने गरेको घटनाहरु बढीरहेको बताउनु भएको हो ।

‘ह्वाट्स एप, भाइवर, इमो, फेसवुक, टिकटक लगायत सामाजिक सञ्जालको प्रयोग गरी मानव वेचविखन भइरहेका छन् । अपराध गर्ने तौर तरिका फेरिका हुन् । घटनामा कमी आएको छैन । पिडित सबैले उजुरी गर्न नआएकोले तथ्याङ्क थोरै देखिएको मात्र हो’, उहाँले भन्नु भयो ।

मसाज डान्सबार, वेश्यालय, कर्लग्रल,ब्युटिपार्लर, मनोरञ्जनात्मक,  कुनै कुनै ब्युटिपार्लर केही होटल व्यवसाय, घरेलु कामदारमा वैदेशिक रोजगार, भिजिट भिसाको दुरुपयोग, नक्कली श्रम स्वीकृति, यूरोप गन्तव्य, अमेरिका जाने अवैध रुट जस्ता नविनत कारणले नेपालीहरु मानव वेचविखनमा परेको उहाँले बताउनु भयो ।

अनलाइनबाट वेचविखनका घटनाहरु बढेका छन् । मानव वेचविखन तथा ओसारपसारका घटनामा कहि न कही सामाजिक सञ्जाल जोडिकै हुन्छन् । वैदेशिक रोजगारको नाममा हुने वेचविखनमा त झनै सामाजिक सञ्जाल प्रमुख कारण जस्तै बन्ने गरेको उहाँले बताउनुभयो ।

मानव वेचविखन प्रभावित महिला तथा किशोरीलाई सहयोग गर्दै आएको नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय काठमाडौका प्रमुख महिला विकास अधिकृत मिना पौडलले बताउनु भयो । ‘अपराधिक घटना न्यूनिकरणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छौं । समस्यामा परेकाहरुलाई तालिम पनि दिएका छौै ।

पुर्नमिलन हुन नसकी पुर्नस्थापना केन्द्रको संरक्षणमा रहेका ५४ जना महिला तथा किशोरीहरुलाई सिप तथा रोजगारमूलक तालिम एउटा उदाहरण हो यस्ता थुप्रै कामहरु हामीले गरेका छौ’, उहाँले भन्नु भयो । नीतिगत त्रुटी र समय सान्दर्भिक कानुन नहुदा मानव वेचविखन न्यूनिकरणमा समस्या भएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनु भयो । समय सान्दर्भिक कानुन, श्रोत र साधनको अभाव छ । 

उहाँले भन्नु भयो ‘बन्दै गरेको निति र कानुन समय सान्दर्भिक हुनु पर्छ । नितिगत कार्यान्वयनमा रहेको ग्याप पनि हट्छ । राज्यले महत्व दिएर काम गर्ने हो भने मानव वेचविखन अन्त्य हुन्छ ।’‘साइवर क्राइमले अन्य अपराधहरु पनि बढेका छन् । पछिल्लो समय सामाजिक संस्कार नै विग्रदो छ । गाउँगाउँमा सचेनता गराउने र नियमन गर्ने निकायलाई सक्षम बनाएर पहल गर्ने हो भने यस्ता अपराधहरुको अन्त्य हुन्छ‘, प्रमुख जिल्ला अधिकारी गैह्रेले भन्नु भयो ।

धादिङको बाटो भएर मानव वेचविखनका घटना हुने गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताउनु भयो । धादिङ ट्रान्जिट पोइन्टको रुपमा रहेको छ । उहाँले भन्नुभयोे– ‘धादिङमा दुइ ठूला राजमार्गहरु छन् । रसुवा, नुवाकोट र देशकै राजधानी काठमाडौबाट धादिङको बाटो भएर ओसारपसारका घटना हुने गरेका छन् । त्यसले गर्दा पनि मानव वेचविखन न्यूनिकरणमा धादिङको गहन भूमिका रहेको छ ।’

‘आर्थिक वर्ष २०७९÷०८० मा दुइ वटा मानव वेचविखनका मुद्धा दर्ता भएका छन् । जसमा १० जना प्रतिवादीहरुलाई पूर्वपक्षको लागि कारागार चलान गरिएको छ । धादिङका केही होटल तथा लजमा महिला तथा बालबालिकाहरुलाई काम लगाउने बहानामा वेश्यावृद्धिमा समेत लगाउने गरेका छन् । यस्ता अपराधिक घटना न्यूनिकरणमा नेपाल प्रहरीले पहल गरिरहेको छ’, एसपी मिश्रले बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस