आज:  | Mon, 29, Apr, 2024

आज धादिङका १५ जनामा स्क्रब टाईफस संक्रमण पुष्टी

१३ आश्विन २०८०, शनिबार १८:५३ मा प्रकाशित ( ७ महिना अघि) ३७५ पाठक संख्या
नारी बाटिका


धादिङ, १३ असोज ।

शनिबार धादिङका १५ जनामा स्क्रब टाईफस संक्रमण भएको छ । स्वास्थ्य कार्यलय धादिङले दिएको जानकारी अनुसार नीलकण्ठ नगरपालिकाका १०, जना ज्वालामुखी गाउँपालिकाकामा ५ जना व्यक्तिहरुमा स्क्रब टाईफस संक्रमण पुष्टी भएको हो ।

चालु आर्थिक वर्षमा मात्रै धादिङ जिल्लाका १७९ जना व्यक्तिहरुलाई स्क्रब टाईफस संक्रमण भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । स्क्रब टाइफस रोग ’ओरेन्सिया सुसुगमुसी’ नामक परजीवीको संक्रमणले लाग्ने रोग हो ।
यो परजीवीलाई एक प्रकारको माइट (किर्ना वा जुम्रा जस्तो सुक्ष्म कीरा)जस्ता किटाणुले सार्ने गर्दछ ।

साथै स्क्रब टाइफस संक्रमण भएपछि सक्रमितको शरीरमा रातो बिबिरा देखिन्छ भने कतिपयमा नदेखिन पनि सक्छ। स्क्रब टाइफसको जीवाणु शरीरमा प्रवेश गरेको ५ देखि ६ दिनपछि व्यक्तिलाई कडा ज्वरो आउने, शरीर दुख्ने, रातो बिबिरा देखिने, ग्रन्थीहरू सुन्निने लक्षणहरू देखिन्छन् ।

यसको संक्रमणबाट जोगिन माइटको टोकाइबाट बच्नु पर्ने हुन्छ । खेतबारी, बुट्यान, जङ्गलतिर जाने व्यक्तिलाई पनि संक्रमण हुने सम्भावना हुन्छ । घरभित्र मुसा भएको अवस्थामा पनि संक्रमणको जोखिम हुन्छ । स्क्रब टाइफसको संक्रमणबाट किसानहरू बढी पीडित भएको पाईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस