आज:  | Fri, 17, May, 2024

अख्तियारद्धारा उद्योग मन्त्रालयका सचिव मधुकुमार मरासिनी सहित९जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

१५ आश्विन २०८०, सोमबार १७:०४ मा प्रकाशित ( ७ महिना अघि) ३७८ पाठक संख्या
नारी बाटिका


काठमाडौं, १५ असोज ।

अख्तियारद्धारा उद्योग मन्त्रालयका सचिव मधुकुमार मरासिनी सहित ९ जना विरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता गरेको छ । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा बहालवाला सचिव मरासिनी सहित ९ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शोमबार मुद्दा दायर गरेको हो ।

आयोगले उद्योग मन्त्रालयका सचिव मधुकुमार मरासिनी सहित नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, पूर्व सचिव एवम् राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का तत्कालीन अध्यक्ष सञ्जय शर्मा, तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय सहित ९ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

भ्रष्टाचारमा नाम मुछिएकाहरु बिरुद्ध मुद्दा दर्ता भएकाहरुमा एनआईटिसीका तत्कालीन निर्देशक तथा हाल उप निर्देशक सफल श्रेष्ठ, तत्कालीन सहायक निर्देशक रमेश प्रसाद पोखरेल,भन्ने रमेश पोखरेल, तत्कालीन लेखा अधिकृत निम बहादुर वली र रामबहादुर बुढा र कम्प्युटर इन्जिनियर रामशरण गायक रहेका छन् ।

निमबहादुर ओली र सफल श्रेष्ठ बाहेक ७ जनालाई तेइस करोड सत्ताईस लाख अन्ठाउन्न हजार सतहत्तर रूपैयाँ बिगो मागदाबी गरिएको छ । श्रेष्ठलाई सत्र लाख उनान्सय हजार सात सय रुपैयाँ र वलीलाई उनान्नब्बे लाख सतहत्तर हजार तीन सय सन्तानब्बे रूपैयाँ बिगो माग गरिएको गरिएको आरोपपत्रमा उल्लेख गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस