आज:  | Mon, 29, Apr, 2024

यस वर्षको दशैं टिकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा

१७ आश्विन २०८०, बुधबार ०७:३० मा प्रकाशित ( ६ महिना अघि) २८५ पाठक संख्या
नारी बाटिका


काठमाडौँ, १७ असोज

यस वर्षको दशैं कात्तिक महिनामा परेको छ । सामान्यतया दशैं असोज महिनामै पर्ने गर्दछ । तर यसवर्ष मलमासका कारण पछाडी धकेलिएर कात्तिकमा पर्न गएको हो । साथै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको टिका उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको सार्वजनिक गरेको छ ।

जस अनुसार विजया दशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको जनाएको छ । यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्य प्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनु भयो ।

यस वर्षको घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्र सम्मत् हुने पनि उहाँले बताउनु भयो । कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जनको कार्य सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत उत्तम दिइएको समितिले जनाएको हो ।

गत साउन महिनामा मलमास अर्थात (अधिकमास) परेका कारण यस वर्ष भने असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडादसैँ सुरु हुँदैछ । कात्तिक पहिलो साता बडादसैँको मुख्य दिन अर्थात् विजयादशमी परेको छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादसैँ पर्व समाप्त हुने गर्दछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस