आज:  | Mon, 29, Apr, 2024

धादिङमा डेंगु घड्दै स्क्रब टाइफसको संक्रमण केही व्यक्तिमा देखा पर्न थाल्यो , बुधबार ९ जनामा सक्रमण

१८ आश्विन २०८०, बिहीबार ०९:१३ मा प्रकाशित ( ६ महिना अघि) ३०८ पाठक संख्या
नारी बाटिका


 

धादिङ,१८ असोज ।

पछिल्लो जानकारी अनुसार धादिङमा डेंगु घड्दै स्क्रब टाइफसको संक्रमण केही मात्रामा बड्दै गएको आँकलन गरिएको छ भने स्क्रब टाइफसटी छ । स्वास्थ्य कार्यालय धादिङले जनाए अनुसार नीलकण्ठ नगरपालिकाको ५ जना, ज्वालामुखीको २ जना, गल्छी र त्रिपुरासुन्दरीको १÷१ जनामा पुष्टि भएको हो । वुधबार ९ जना सक्रमित थपिएसँगै जिल्लामा एक सय ९७ जना स्क्रब टाइफसको संक्रमित भएका छन् ।

हालसम्म नीलकण्ठ नगरपालिकामा १२४, ज्वालामुखीमा ४५, सिद्धलेकमा १२ जना संक्रमित भईसकेका छन् । स्क्रब टाइफस एक प्रकारको सरुवा रोग हो । यस रोग विशेष गरी मुसामा लाग्ने किर्ना जस्तो देखिने कीराको टोकाइबाट मानिसमा सर्ने गर्दर्छ। चिकित्सहरूका अनुसार मानिसबाट मानिसमा चाहिँ स्क्रब टाइफसको बुधबार ९ जनामा सक्रमण पुष् सर्दैन ।

यस रोग किर्नामा पाइने ओरेन्टिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्छ । मुसामा हुने किर्ना अर्थात् माइट प्रायः झाडी, खेतबारी, वनजङ्गल, घर वरिपरिको झाडी वा घुरान,घसियोटा हुने ठाउँमा देखिने गर्दछ ।

स्क्रब टाइफस संक्रमण भएको व्यक्तिमा धेरै ज्वरो आउनु, धेरै टाउको दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, बिस्तारै शरीरका मुख्य अङ्गले काम गर्न छाड्नु कीराले टोकेको ठाउँमा रातो दाग बस्ने लगायतको लक्षण देखिन चिकित्सकहरुले जनाएका छन् ।

खेतबारीमा काम गर्दा, वनजङ्गल वा झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाक्ने कपडा लगाउने,सम्भव भएसम्म लामो जुत्ता लगाउने, घाँसबारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने गर्नु पर्दछ ।

यस्तै सकेसम्म घाँसबारी वा चउरमा नबस्ने , चउर, बारी, झाडी, घाँस तथा घुरान बढ्न नदिने र मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्न चिकित्सकको आग्रह छ । साथै पछिल्लो समयमा धादिङमा डेंगुका सक्रमण घट्दै गएका छन् भने केही व्यक्तिमा स्क्रब टाइफस सक्रमण देखिने थालेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस