
नारी वाटिका संवाददाता
धादिङ १३ असार ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय अन्तरगतको कक्षा १० का परीक्षा नियन्त्रक डा.गणेशप्रसाद भट्टराईले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्न आवाश्य तयारीका साथ तीव्र गतिमा काम भइरहेको बताउनु भयो ।
डा. भट्टराईका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम सकेर प्राप्ताङ्क इन्ट्री गर्ने काम भइरहेको छ ।
असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्नेगरी कार्यतालिका भएता नि गएको चैत २० गतेदेखि वैशाख १७ गतेसम्म शिक्षकहरुले काठमाण्डौमा सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो ।
गएको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परिक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।












प्रतिक्रिया दिनुहोस