
काठमाडौं -१८ असार ।
नेकपा एकीकृत समाजवादीले पार्टीकी स्थायी समिति सदस्य तथा नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ ।
पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका अध्यक्ष माधव नेपालविरुद्ध सार्वजनिक कार्यक्रमबाटै विस्फोटक अभिव्यक्ति दिएकोले पार्टीले नेतृ झाँक्रीलाई तीन दिने स्पष्टीकरण सोधेको हो ।
नेतृ झाँक्रीले सार्वजनिक रुपमै अध्यक्षविरुद्ध अभिव्यक्ति दिएपछि सचिव सोमप्रसाद पाण्डेले पार्टीको अनुशासन आयोगले उनलाई तीन दिने स्पष्टीकरण सोधेको जानकारी दिएका छन् ।
झाँक्रीले बुटवलमा आयोजित युवा संघको प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपाललाई लक्षित गर्दै उनले ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् ।












प्रतिक्रिया दिनुहोस