आज:  | Fri, 17, May, 2024

इजरायलबाट सकुसल नागिरक उद्धार तथा मृतक नागरिकका शव ल्याउन जहाज तयारी अवस्थामा

२२ आश्विन २०८०, सोमबार १६:५५ मा प्रकाशित ( ७ महिना अघि) ३८७ पाठक संख्या
नारी बाटिका


काठमाडौं,२२ असोज ।

पराष्ट्रमन्त्रालयले गत शनिबार देखी इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका १० नेपाली विद्यार्थीको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली सरकार सँग समन्वय गर्ने निर्णय गरेको छ ।

शनिबार देखी निरन्तर स्पमा इजरायलमा जारी द्वन्द्वको घटनामा परेका नेपाली नागरिक बारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको आज बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले घाईते र ४ जना सकुसल रहेपनि उनीहरु बंकरभित्र थुनियर उद्धारको लागी नेपाल सरकारसंग हारगुहार मागिरहेका इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने समेत निर्णय गरेको छ ।

उनीहरुको उद्धारको लागी नेपाल सरकारले आइतबार मन्त्री साउदको संयोजकत्वमा उक्त संयन्त्र गठन गरेको थियो। संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्य समेत गर्न तयारी गरिरहेको छ ।

साथै छिटो भन्दा छिटो आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कामहरु गर्ने भएको छ भने मृत्यु भईसकेकाहरुको शब तुरुन्तै नेपाल ल्याउने तयारी गरीरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस