
हमास आक्रमणमा परी इजरायलमा ज्यान गुमाउने १० नेपाली बिद्यार्थीको तस्वीर
भगवती उप्रेती
नारी वाटिका संवाददाता
धादिङ २३ असोज ।
सरकारले इजरायलमा मृत्यु भएका नेपालीहरूको शोक मनाउन मंगलबार सार्वजनकि विदा दिएको छ ।सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले आज आज सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता, सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनु भयो ।
मन्त्रिपरिषदको बैठकले हमासको आक्रमणको निसानामा परी ज्यान गुमाएकाहरुको परिवारलाई १०–१० लाख राहत दिने निर्णय गरेको पनि मन्त्री शर्माले बताउनु भयो ।
मन्त्रि शर्माका अनुसार सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र छिटो नेपाल ल्याउन काम गर्ने निर्णय गरेको बताउन भएको छ।












प्रतिक्रिया दिनुहोस