आज:  | Sun, 19, May, 2024

सिद्धलेक गाउँपालिका कालिदह १ मा कार र मोटरसाईकल ठक्कर खाई दुर्घटना

२४ आश्विन २०८०, बुधबार १९:०९ मा प्रकाशित ( ७ महिना अघि) ३४१ पाठक संख्या
नारी बाटिका


धादिङ, २४ असोज ।

सिद्धलेक गाउँपालिका कालिदह १ मा कार र मोटरसाईकल ठक्कर खाई दुर्घटना भएको छ । वुधबार दिउसो अं.१४ः३० बजेको समयमा धादिङ जिल्ला सिद्धलेक गाउपालिका कालिदह स्थित कालुपाण्डे सडक खण्डमा फुर्केखोलाबाट धादिङबेशी तर्फ आउदै गरेको बा।प्र।०१०२८ च ३९९६ नं.को कारले बिपरित दिशाबाट जादै गरेको बा.५८।प १०३१ नं.को मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

उत्त स्थानमा दुर्घटना हुदाँ मोटरसाइकल चालक धादिङ धुनिबेशी नगरपालिका ५ जिबनपुर बस्ने बर्ष ३९ को सुर्य तामाङ घाईते भई उपचारको लागी जिल्ला अस्पताल धादिङबेशी पठाएको थियो ।

घाईते तामाङको दाहिने हातमा चोट अस्था सामान्य, उक्त स्थानमा प्रहरी चौकी सिद्धलेकबाट प्रसनीको नेतृत्वमा टोली खटि गइ मोटरसाइकल प्रहरीको नियन्त्रणमा र कार घटना स्थलमै रहेको धादिङ प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस