आज:  | Sun, 19, May, 2024

बस र मोटरसाइकल ठक्कर खाँदा उपचारका क्रममा १ जनाको मृत्यु

२५ आश्विन २०८०, बिहीबार ०७:३२ मा प्रकाशित ( ७ महिना अघि) १२६५ पाठक संख्या
नारी बाटिका


धादिङ,२५ असोज ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ मझिमटारमा बस र मोटरसाइकर्ल ठक्कर खाँदा एक जनाको १ जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ मझिमटारमा वुधबार राती अं.१० बजेतिर बस र मोटरसाइकल  एक आपसमा ठक्कर खादा एकजनाको ज्यान गएको हो ।

दुर्घटनामा परि घाइते बनेका बेनिघाट रोराङ गाउँपालिका(९ मझिमटारका ३३ वर्षीय राजेश गिरिको उपचारका क्रममा विहिबार बिहान ४ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख तथा उपरीक्षक गौतम मिश्रले बताउनु भयो ।

प्रमुख मिश्रका अनुसार काठमाण्डौबाट बर्दिया तर्फ जादै गरेको भे १ ख ४०४९ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको बाग्मती प्रदेश ०२०४० प ५०८० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई मोटरसाइकल चालक घाईते भएका थिए भने घाईते गिरीको उपचारको क्रममा मृत्यु भएको हो

दुर्घटनामा परि घाइते बनेका गिरीको राजमार्ग अस्पताल मलेखुमा उपचारपछि थप उपचारको लागि काठमाण्डौ लगिएको थियो । गिरीको काठमाडौ स्थित बिएन्डबी अस्पतालमा बिहिवार बिहान मृत्यु भएको हो । बस चालकलाई धादिङ प्रहरीले नियन्त्रणमा लिएको उहांले बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस