आज:  | Thu, 16, May, 2024

राज मार्गका सडक यातायातालाई सहज र सुरक्षित बनाउने कार्य थालियो

२५ आश्विन २०८०, बिहीबार १३:४२ मा प्रकाशित ( ७ महिना अघि) ४३५ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती

धादिङ,२५ असोज ।

धादिङको पृथ्वी राजमार्गका सडक यातायातालाई सहज र सुरक्षित बनाउने खाल्डाडुल्डी पुर्ने कार्य थालिएको छ । मुलुकको राजधानी जोड्ने धादिङ जिल्लास्थित मुख्य मार्ग पृथ्वी राजमार्गको सडकखण्डमा भएका खाल्डाखुल्डी पुरी विशेषगरी चाडपर्वमा हुने यात्रुको भिडभाडलाई सहज बनाउनको लागी विस्तार कार्य भईरहेको हो ।

नजिकिदै गरेको नेपालीहरुको मुख्य आशन्न चाडपर्वका समयमा सडक यातायातलाई सहज र सुरक्षित बनाउन निर्माणाधिन सडक खण्ड विस्तारको कामलाई थप सहयोग पुर्‍याउनको निमित्त धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको नेतृत्वमा प्रहरी उपरीक्षक गौतम मिश्र सहितको टोलीबाट अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा सडकमा रहेका खाल्डा खुल्डी तत्काल पुरी सहज बनाउने, धुलो नउड्ने व्यवस्था मिलाउने, यातायातका साधन सहज रूपमा दुईतर्फी सञ्चालनको सुनिश्चितता गर्ने, जोखिम युक्त स्थानमा तत्काल जोखिम हटाउने लगायतका सवालमा गैह्रेले निर्देशन दिनु भएको छ ।

त्यसैगरी यस सडक सुधार कार्य २।३ दिनभित्रै सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारीले स्थलगत रूपमै सम्बन्धित आयोजना र निर्माण व्यवसायीलाई निर्देशन दिनु भएको हो।

यस अघि सम्बन्धित आयोजना, निर्माण व्यवसायी, नियमनकारी निकाय सहितको प्रमुख जिल्ला अधिकारी गैह्रेको अध्यक्षतामा सम्पन्न बैठकबाट पृथ्वी राजमार्ग र जिल्लाका अन्य सडक खण्डमा यातायातलाई सहज बनाउन आवश्यक समन्वय भईसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस