आज:  | Sat, 18, May, 2024

इजरायलमा अलपत्र नेपाली विद्यार्थी लिन गएको विमान आजै राति ९ बजे स्वदेश फर्किने

२५ आश्विन २०८०, बिहीबार १६:५८ मा प्रकाशित ( ७ महिना अघि) ६०० पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती
नारी वाटिका संवाददाता

काठमाडौं,२५ असोज ।

इजरायलमा रहेका नेपाली विद्यार्थी लिन गएको नेपाली विमान आजै राति ९ बजे  स्वदेश फर्किने भएको छ । गएको शनिबार हमासको आक्रमणबाट हताहत भएका नेपाली विद्यार्थीले आफुहरु इजरायलमा भएको मानवघाती दन्द्धले निकै समस्यामा परेका कारण उद्धारका निमित्त नेपाल सरकारलाई गुहारी रहेका थिए । साथै सोही दन्द्धका कारण त्यहाँ कृर्षी अध्ययनका लागी गएका १० नेपाली विद्यार्थीको मृत्यु समेत भैसकेकोले नेपाल सरकारले उद्धारका लागि तत्काल पहल कदमी चालेको थियो ।

सोही कारण नेपालीको तत्कालै गर्नु पर्ने उद्धारको लागी गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे नेपालीहरु लिएर फर्किने भएको छ । आतंकवादी समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज बिहान ४ बजे नेपाल एयरलाइन्सको विमान काठमाडौंबाट उडेको थियो ।

परराष्ट्रमन्त्री एनपी साउद कूटनीतिक समन्वयका लागि नेपाल एयरलाइन्सको विमानमा इजरायल तर्फ आफै नेपालीको उद्धारका निमित्त जानु भएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले नेपाल फर्कन चाहनेहरुलाई लिन दुई सय ५० सिट क्षमता भएको विमान इजरायल तर्फ प्रस्थान गरेको जानकारी दिनु भयो ।

आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने छ जना घाइते भएका थिए । एक जनाको अवस्था अझै अज्ञात छ । इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहनेहरुको विवरण संकलन गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस