आज:  | Thu, 16, May, 2024

सरकारले यस चालु आर्थिक वर्षमा देशभरमा सात सय ३१ झोलुङ्गे पुलको निर्माण गरिने

२६ आश्विन २०८०, शुक्रबार १७:२५ मा प्रकाशित ( ७ महिना अघि) ३०६ पाठक संख्या
नारी बाटिका


काठमाडौँ, २६ असोज ।

सरकारले यस चालु आर्थिक वर्षमा देशभरबाट सात सय ३१ पुलको पुर्वाधार निर्माण गरिने भएको छ । जस मध्ये केही पुल र्मिाण पुर्वाधारको कार्य गत वर्षदेखीकै निर्माणाधीन झोलुङ्गे पुलका योजना रहेको छन् । त्यस्तै सात सय ३१ मध्यका यस चाल आर्थिक वर्षमा थप भएको स्थानीय पूर्वाधार विभागले जनाएको छ । गत वर्षका निर्माणाधीन पुलको कार्य सम्पन्न गरिने जनाएको हो ।

साथै यस वर्षमा थप भएका नयाँ योजनाका काम सुरु गर्दै जानु नियमित नै हुने विभागका प्रवक्ता महेशचन्द्र न्यौपानेले बताउनु भयो । गत वर्ष सात सय ४१ को निमार्ण पूरा भएको स्थानीय पूर्वाधार विभागले जनाएको छ ।

गत वर्ष सात सय २० निर्माण गर्ने लक्ष्य लिइएकोमा लक्ष्य भन्दा २१ वटा बढी पुलको निर्माण कार्य सम्पन्न भएका थिए । ति सबै निर्माण कार्य सङ्घ, प्रदेश र स्थानीय सरकारबाट सम्पन्न भएका थिए । प्रदेश र स्थानीय तहबाट पुल निर्माणका लागि पनि सहजीकरण भने सङ्घीय सरकारले गर्दै आएको छ ।

गत वर्षकै योजना अनुसार सुरु भएका धेरै पुलहरु रहेकामा मध्ये सात सय २० मात्रै सम्पन्न हुने अनुमान गरिएको भएता पनि लक्ष्य भन्दा बढी कार्य भएको प्रवक्ता न्यौपानेले बताउनु भयो । उहाँले भन्नुभयो, पछिल्लो “समग्रमा झोलुङ्गे पुलको प्रगति राम्रो रहेको छ ।” अहिलेसम्म कम्तीमा प्रत्येक घण्टामा झोलुङ्गे पुल वा पुल हुने गरी निर्माण गरिरहेको उहाँले बताउनु भयो ।

बिगतको तुलनमा पछिल्लो नितीमा समेटिएको मानिसहरुको घनाबस्ती रहेको हिसाबले एक घण्टाको दुरीमा पैदल यात्रा गर्ने गरी झोलुङ्गे पुल हुनुपर्ने मापदण्ड परिवर्तन गरेर अहिले आधा–घण्टामा हुने गरी बनाउन लागेको जनाईएको छ । नागरिकले सजिलै र छिटो सेवा सुविधा पाउनु पर्ने मान्यताका साथ योजना तय गरिएको उहाँले बताउनु भयो ।“पहिलेको मापदण्डानुसार नै अझै केही बनाउन बाँकी छ ।”

खासगरी ग्रामीण क्षेत्रमा नागरिकलाई नदी पार गर्नका लागि झोलुङ्गे पुल निर्माण गरिरहेको छ । सडकको सुविधा नपुगेको वा पुगे पनि तत्काल सडक पुल निर्माणको सम्भावना नरहेको ठाउँमा झोलुङ्गे पुल निर्माण भइरहेको छ ।

नागरिकलाई आवतजावतका लागि बनाइएका दुर्गम स्थानका कतिपय पुल पछिल्लो समयमा पर्यटन प्रवद्र्धनको माध्यम समेत बन्दै गएको पाइएको छ । विगतमा नदी वारपार गर्न धेरै नदीमा तुइनको प्रयोग हुने गरेको थियो ।

विशेष गरी ग्रामिण क्षेत्रमा बसोबास गर्ने तुइन पार अजहज बनेपछी सरकारले तुइन विस्थापित गरेर पहिले तुइन भएको सबै ठाउँहरुमा झोलुङ्गे पुलको निर्माण गरिसकेको छ । कतिपय स्थानमा व्यक्तिगत रुपमा सामान ओसार्न तुइन रहेको भए पनि नागरिकले ओहोर दोहोर गर्न तुइन चढ्नुपर्ने बाध्यता भने अहिले बिस्तारै हट्दै गएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस