आज:  | Thu, 02, May, 2024

म्याद गएको सामान बडी मुल्यमा बिक्री गरी उपभोत्तालाई ठगी गर्ने नौविसे र खानीखोलाका होटल व्यबशायी कारबाहीमा

२७ आश्विन २०८०, शनिबार ०७:३६ मा प्रकाशित ( ६ महिना अघि) ५७६ पाठक संख्या
नारी बाटिका


धादिङ,२७ असोज ।

म्याद गएको सामान बडी मुल्यमा बिक्र गरी उपभोत्तालाई ठगी गर्ने नौविसे र खानीखोलाका होटल व्यबशायी लाई जरिवाना सहित कारबाही गरेको छ । जिल्ला अनुगमन समितीको टोलिले धुनिबेसि नगरपालिका धादिङको पृथ्वी राजमार्ग अन्तरगत नैविसे र खानीखोलाका होटल तथा पसलहरुबाट ठुलो परिमाणमा म्याद सकिएको खाद्य सामाग्री जफत गरेको  हो ।

चाडपर्व विशेष लक्षित जिल्लाभर अनुगमनको क्रममा टोलीले यात्रु बस रोकेर खाजा खाना खाने होटल तथा किराना पसलहरुबाट चकलेट, कुरकुरे, लेज जस्ता खाद्य सामाग्री जफत गरेको हो । सामान जफत गरिएका पसलहरुलाई आइन्दा उत्पादन गरिएको मिति र सकिने मिति हेरेर मात्रै सामान विक्रि गर्न निर्देशन समेत दिएको छ ।

जिल्लाको विशेष गरी राजमार्ग क्षेत्रमा होतल तथा पसलहरुबाट उपभोत्ताहरु ठगिने क्रम निरन्तर रहेको भन्दै उपभोत्ताहरुबाट धेरै गुनासो आउने गर्दछ । पटक पटकको अनुगमनमा यस अघि गरिएको निर्देशन पालना नगरी अटेर गरेर विक्रि मुल्य भन्दा बढी रकम असुलेको कसुरमा हाइवे ब्रेकलाइट कोल्डस्टोरलाई १० हजार जरिवाना गरिएको छ ।

अनुगमन टोलिले त्यस्ता अटेर गर्ने पसललेहरुलाई मुल्यसूचि राख्न, सरसफाईमा ध्यान दिन, तोकिएकै मुल्यमा विक्रि गर्न निर्देशन दिइएको अनुमगन समितिका संयोजक एवम् धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताउनु भयो ।

पटक पटकको अनुमगनमा सुध्रिन सल्लाह सुझाव दिएपनि नसुध्रिएकाहरुलाई जरिवाना गरिएको पराजुलीले जानकारी दिनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस