आज:  | Thu, 16, May, 2024

नीलकण्ठ बहुमुखी क्याम्पसको वार्षिक सभा सम्पन्न ब्यवस्थापन समिती अध्यक्षमा पुन शम्भुकुमार श्रेष्ठ चयन

२७ आश्विन २०८०, शनिबार १९:४० मा प्रकाशित ( ७ महिना अघि) ३२३ पाठक संख्या
नारी बाटिका


धादिङ,२७ असोज

नीलकण्ठ बहुमुखी क्याम्पसको वार्षिक क्याम्पस सभा सम्पन्न भएको छ । साथै क्याम्पस ब्यवस्थापन समितीका अध्यक्षमा पुन म्भुकुमार श्रेष्ठ चयन हुनु भएको छ । शनिबार सम्पन्न क्याम्पस सभाको पाँचौ बैठकबाट सञ्चालक तथा व्यबस्थापनको अध्यक्षमा पुनः श्रेष्ठलाई सर्वसहमत रुपमा चयन गरिएको हो ।

त्यसैगरी आन्तरिक लेखा परीक्षण तथा सुपरिवेक्षण समितिको संयोजकमा राकेश धमला,सदस्यहरुमा पत्रकार महाँसंघ धादिङका अध्यक्ष राजाराम शर्मा चयन भएका छन् । त्यस्तै सदस्यमा वालमन्दिर की पुर्व शिक्षिका पार्वती अधिकारी सर्वसम्मतिले चयन हुनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस