आज:  | Wed, 01, May, 2024

धादिङको गंगाजमुना गाउँपालिका वडा नं २ तावलमा आगलागि, ३ घर जलेर नष्ट

२९ आश्विन २०८०, सोमबार २०:१६ मा प्रकाशित ( ६ महिना अघि) ६७४ पाठक संख्या
नारी बाटिका


धादिङ,२९ असोज ।

धादिङको गंगाजमुना गाउँपालिका वडा नं २ तावलमा आगलागी हुंदा ३ घर जलेर नष्ट भएको छ । शोमबार दिउँसो अं १३.३० बजेको समयमा गंगाजमुना गाउँपालिका वडा नं २ तावल स्थित तरडोङ तामाङको घरमा आगलागी भएको हो ।

तामाङको टिनको छानो भएको २ तले घरमा अचानक खाना पकाउने चुलो बाट आगलागि हुँदा ऐ.बस्ने प्रेम बहादुर तामाङको टिनको छानो भएको २ तले घर र सोही स्थान बस्ने राम बहादुर तामाङको टिनको छानो भएको २ तले घरमा समेत आगलागि हुदा तिन घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

तिनै घरमा आगलागी भई निजका घर भित्र रहेको अन्नपात ,लत्ता कपडा र भाडा वर्तन जलि नष्ट भएको भन्ने करिब ५ वजे तिर ईलाका प्रहरी कार्यलय फुलखर्कमा खबर प्राप्त भएको थियो । उक्त आगलागीमा मानविय तथा चौपाय केहि क्षेति भने नभएको जिल्ला प्रहरी कार्यलय धादिङका डिएसपी तथा सुचना अधिकारी सन्तुलाल प्रशाद जैसवारले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस