चितवन,०१ कात्तिक ।
धादिङ जिल्ला घर भई चितवन कालिका नगरपालिका १ डेरागरी बस्ने १ किश्वरी मृत अबस्थामा फेला परेकी छन् ।
वुधबार धादिङ, गंगाजमुना गाउँपालिका९,घर भई हाल जिल्ला चितवन,कालिका नगरपालिका १, सगरमाथा टोल स्थित डेरा गरी बस्ने अन्दाजी वर्ष १७ की निशाना सेवा आफु सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
निशाना आफु सुत्ने कोठामा झुण्डिएको अवस्थामा निजको आमाले देखी पासो काटी हेर्दा मृत्यु भइसकेको भन्ने खबर प्रहरीलाई दिएकी थिईन् ।
चितवन प्रहरीले उक्त खबर प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी बिट पदमपुरबाट प्रहरी टोली खटि गई घटना स्थल सुरक्षित राखेको थियो ।
प्रहरीले घटना स्थलको मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।
काठमाडौं १७ मंसिर ।
सरकारी भवनदेखी राजनीतिक दलका कार्यालयहरु अधिकाँश जस्तै अपाङ्गमैत्री नहुंदा अपाङ्गता वर्गहरुले समस्या भोगिरहेको छन् । अन्तर्रराष्ट्रिय देखी राष्ट्रिय रुपमा विभिन्न सचेतनामुलक कार्यक्रमहरु गरी मनाईँन्छ भने विशेष गरी सरकारदेखी राजनितिक दलका नेताहरुले यस क्षेत्रमा विशेष महत्व दिने कुरा गर्ने गर्दछन् । तर हाम्रो समाजमा विगतदेखी नै अपाङ्गताको पक्षमा सवाल उठाईरहदा मुख्य सवाल चैं के हो ? भन्ने पश्न उठिरहन्छ ।
अपाङ्गता भएका वर्गले सरकारी सेवासुविधा लिनको लागी राज्यको सरकारी कार्यलयमा सेवा लिन जानु पर्ने हुन्छ । भवनदेखी राजनीतिक दलका कार्यालयहरु अधिकाँश जस्तै अपाङ्गमैत्री छैनन्। राज्यलाई जिम्मेवार बनाउनेले पनि अपाङ्गता भएका व्यक्तिको अधिकार होइन सहज पहुँचको व्यवस्था गर्न सकेका छैनन्, त्यसको उदाहरण राजनीतिक दल नै हुन् ।
आज आइतबारको गोरखापत्र दैनिकमा समाचार छ, पुराना र नयाँ हुन् कि ठूला वा साना हुन्, देश हाँक्ने कुनै पनि राजनीतिक दलका कार्यालय अपाङ्गतामैत्री छैनन्। ती दलका वडा तहसम्म संरचना र कार्यालय भए पनि केन्द्रीय कार्यालयमा नै शारीरिक अपाङ्गता भएका व्यक्तिले सहज पहुँच पाउँदैनन् । यसो हुँदा दलीय प्रतिनिधित्वका आधारमा राज्यमा सहभागिता पाउन अपाङ्गता भएका व्यक्ति वञ्चित भएका छन् ।
देशको मुख्य ठला दल मध्यका नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीदेखि संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका केन्द्रीय कार्यालयको यी मध्ये कुनै दलका कार्यालय अपाङ्गतामैत्री पाइएनन् भनेर विभिन्न पत्रपत्रिका र अनलाईनहरुले समचार लेखेका छन् ।
कुनै दलका कार्यालयको भुइँतलामा र्याम्प अर्थात् भिरालो बनाइए पनि अपाङ्गता भएका व्यक्ति पहिलो तलामा चढ्दा घस्रिँदै जानु पर्छ। मुख्य संरचना मात्रै होइन, अपाङ्गता भएका व्यक्तिले त्यहाँ गएर शौचालय प्रयोग गर्न पनि समस्या पर्ने गरेको छ।
‘नेपाली काँग्रेसका शीर्ष नेताको कार्यालय तीन तलामाथि छ, अपाङ्गता भएका व्यक्तिले भेट्न समस्या हुन्छ’, अपाङ्गतामैत्री नभएको भन्दै उनिहरुलाई अप्ठ्यारो परेको बताउछन् । लिफ्ट बनाउने छलफल चलिरहेको छ, चाँडै निर्माण होस्, हाम्रो माग यही हो ।’ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि लिफ्ट बनाउने ठाउँ भए पनि निर्माणकै चरणमा रहेको र्याम्प नभएको बताउनु हुन्छ ।
अन्य राजनितिक दलहरुको पनि भनाई उस्तै रहेको छ । यस विषयमा सबैको चासो रहेको पाईन्छ । तर सवलमा कार्यन्वयन भने हुन सकेका छनन् ,धेरै जसो सन्चार माध्यमहरुले यसको सवलमा लेखेका छन् ।
जाजरकोट, १४ मंसिर ।
भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा चिसोले कठ्यांग्रिएर फेरी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा निमो गाउँपालिका–१ स्याग्रीका सुनील बादीकी ३ वर्षीया छोरी रक्षा बादी रहेकी छिन् ।
बालिकाको चिसोले कठ्यांग्रिएर बुधबार मृत्यु भएको हो । निमोनिया भएपछि निजलाई अस्पताल लैजाने क्रममा बालिकाको मृत्यु भएको हो ।
छेडागाडस्थित मटेलामा बालिकाको निधन भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी गराएका दिनु भयो । गत कात्तिक १७ गतेको भूकम्पले घर भत्कीएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएका थिए।
एक सरो त्रिपालको भरमा खुल्ला आकाश मुनी रात कटाई रहेका भुकम्प प्रभावितहरु चिसोका कारण केहीको मृत्यु भईसकेको छ भने धेरैजना चिसोका कारण बिरामी पर्न थालेका छन्।
धादिङ – १२ मंसिर ।
नारी वाटिका संवाददाता
जिल्ला प्रहरी कार्यलय धादिङले चोरी भएको स्कुटर सहित चोरी गर्ने मानिस पक्राउ गरेको छ । पक्राउ पर्नेमा गंगाजमुना गाउँपालिका वडा नं.६ वस्ने वर्ष २६ को अमृत वहादुर कार्की रहेका छन् ।
कार्कीले यही मंसिर ७ गते विहान अन्दाजी ७ वजेको समयमा जिल्ला धादिङ सोही गाउँपालिका वडा नं.५ स्थित मझुवाटोलमा पार्किङ गरी राखेको बा.प्र.०२.०३८प ७८३३ नम्वरको स्कुटर तथा स्कुटरको डिक्कीमा राखेको चाँदीको सिक्री समेत चोरी गरेका थिए ।
अज्ञात मानिसले स्कुटर चोरी गरी फरार रहेको भन्ने सुचनाको आधारमा प्रहरीले अनुसन्धान गर्दा उक्त नम्वरको स्कुटर जिल्ला धादिङ गंगाजमुना गाउँपालिका वडा नं.६ वस्ने वर्ष २६ को अमृत वहादुर कार्कीले चोरी गरेको भन्ने खुल्न आएको हो ।
निज अमृत वहादुर कार्कीलाई यही मंसिर १० गते चोरी गरेको बा.प्र.०२ ०३८प ७८३३ नम्वरको स्कुटर तथा चाँदीको जस्तो देखिने धातुको सिक्री सहित पक्राउ गरीएको थियो ।
साथै निजलाई शोमबार धादिङ जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप गरी अनुमती लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रशाद जैसवारले यस नारी वाटिका डटकमलाई जानकारी दिनु भयो ।
जाजरकोट,१२ मंसिर।
(लैंगिक हिंसा बिरुद्धको १६ दिने दिवस मनाई रहदा जाजरकोटका ११ सय सुत्केरीको कारुणिक अवस्था’)
जाजरकोटमा सुत्केरी आमा तथा नवजात शिशु त्रिपालमुनी रात बिताउँदै जिउने आशामा दिन गुजार्दैको कारुणिक अबस्थामा छन् । देशैभर लैंगिक हिंसा बिरुद्धको चर्चा चलि रहंदा जाजरकोटमा भने करिब ११ सय सुत्केरी आमा तथा नवजात शिशु त्रिपालमुनी रात बिताउन वाध्य छन् ।
यतिबेला देशैभर महिलाको हक,अधिकार र न्यायको कुरा गर्दै लैंगिक हिंसा बिरुद्धको अभियानले हिंसा अन्त्यको लागी सहयोग पुर्याओस भनि सचेतनामुलक कार्यक्रम गर्दै दिवस मनाईंरहेको अबस्थामा जाजरकोटका सुत्केरी महिलाको भने हरी बिजोग देखिएको छ ।
सबै प्रकारको महिला अधिकारको कुरा गर्दै अहिले देशव्यापी रुपमा मनाईने महिला माथीको हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेछ । तर भुकम्प प्रभाबित मातृशिशुको स्वास्थ्य अधिकारमाथी कसैको ध्यान गएको छैन । सुत्केरी अबस्थामा महिलाले पाउनु पर्ने स्यार सुसार,हेरचाह,तातोपिरो तथा पोषिलो खानेकुरा बाट बन्चित भएका छन् ।
हेरचाह त परै जाओस न्यानो कपडा तथा छानामुनी रात काटन पनि पाएका छनन्उनिहरुले’ । तर राज्यले चाहने हो भने भुकम्पबाट पभावित सबैलाई नसकेता पनि सुत्केरी मातृशिशु,अशक्त,अपांगता,बृद्ध वृद्धाहरुलाई कुनै सरकारी खाली भवनहरुमा राख्न पनि सक्थ्यो ? गएको कात्तिक १७ गते रातीको भुकम्पले घर भत्काएर सुत्केरी तथा गर्भवती महिलाहरुलाई खुल्ला आकाशमुनि त्रिपालमुनि रात काटनु परेको अबस्था छ ।
गत कात्तिक १७ गते राति रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका हुन् ।
त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ । भूकम्प पीडितको चिसोका कारण आजसम्म १५ जनाको ज्यान समेत गएको छ भने १ सुत्केरी आमाले ज्यान गुमाई सकेकी छिन् । भूकम्पबाट घरबारविहीन भएका सर्वसाधारण मौसम अनुकूल नहुँदा बिरामी पर्न थालेका छन् ।
भुकम्प पिडितहरु बिरामी पर्न थालेपछी त्यहाँका स्वास्थ्य संस्थामा उपचारका बिरामीको भीड नै लागेको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भेरी नगरपालिकामा ४९ हजार ७२ जनसङ्ख्या प्रभावित भएका थिए । बयालीस जनाको मृत्यु भएको थियो भने पाँच सय ५५ जना घाइते भएका थिए ।
पाँच वर्षमुनिका चार हजार एक सय १५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने छ सय ७४ गर्भवती, दुई सय ८२ सुत्केरी, दुई हजार आठ सय ३६ ज्येष्ठ नागरिक, एक हजार ६५ दीर्घरोगी र चार सय आठ अपाङ्गता भएका व्यक्तिहरु सहित नौ हजार तीन सय ८० जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा परेका छन् ।
साथै त्यस क्षेत्रका स्वास्थ्य संस्था आठवटा पूर्णरूपमा र आठवटा आंशिक रूपमा भत्किएको पाइएको छ ।
उक्त भुकम्पबाट कुशे गाउँपालिकामा २५ हजार आठ सय १५ जनसङ्ख्या प्रभावित भएका थिए । सातजनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए ।
पाँच वर्षमुनिका दुई हजार नौ सय ४५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने पाँच सय १५ जना गर्भवती, दुई सय ३० सुत्केरी, नौ सय २० ज्येष्ठ नागरिक, दुई सय ७७ दीर्घरोगी र ८८ अपाङ्गता भएका व्यक्तिसहित चार हजार नौ सय ७५ जना भूकम्प प्रभावित जोखिममा रहेका छन् । पाँचवटा स्वास्थ्य संस्था पूर्णरूपमा र १३ वटा आंशिक रूपमा भत्किएको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार छेडागाड नगरपालिकामा एक हजार तीन सय ५२ जनसङ्ख्या प्रभावित भएका थिए । एकजनाको मृत्यु भएको थियो भने पाँचजना घाइते भएका थिए ।
पाँच वर्षमुनिका तीन सय ७२ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ८६ गर्भवती, ६६ सुत्केरी, दुई सय चार ज्येष्ठ नागरिक, १५ दीर्घरोगी र नौ अपाङ्गता भएका सहित सात सय ४३ जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा रहेका छन् । आठवटा स्वास्थ्य संस्था आंशिक रूपमा भत्किएको पाइएको छ ।
भूकम्पबाट एक लाख २८ हजार नौ सय १७ जना प्रभावित भएको पाइएको छ । भूकम्पपछि प्रभावित जोखिम जनसङ्ख्या २२ हजार दुई सय छ रहेको छ । पाँच वर्षमुनिका १२ हजार चार सय चार बालबालिका प्रभावित भएका छन् भने एक हजार आठ सय ८३ गर्भवती त्रिपालमा बस्न बाध्य छन् ।
त्यसैगरी एक हजार ७६ जना सुत्केरी त्रिपालको सहारामा खुला आकाशमा बस्न बाध्य छन् । एक हजार आठ सय ३२ दीर्घरोगी, आठ सय ५० जना अपाङ्गता भएका व्यक्ति पनि समस्यमा छन् । पूर्णरूपमा १५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ भने आंशिक ५५ वटामा क्षति भएको छ ।
साथै उक्त क्षेत्रको एकिन विवरण अझै सङ्कलन हुन बाँकी रहेको जनाईएको छ । मङ्सिर ७ गतेभित्र पालिकाले क्षतिको विवरण जिल्ला विपद् व्यवस्थापन समितिलाई पठाउन अनुरोध गरे पनि अझै विवरण आउन सकेको छैन ।
पालिकाले भने मङ्सिर १० गतेसम्म विवरण पठाउन समय माग गरेका थिए । छरिएर रहेका घर, एक ठाउँबाट अर्को ठाउँमा पुग्न धेरै समय लाग्ने भएकाले तथ्याङ्क सङ्कलन गर्न समय लागेको पालिकाका प्रमुखहरुले बताएका छन् ।
पटक–पटक बदलिने कार्यविधिका कारण पनि तथ्याङ्क सङ्कलनमा विलम्ब भएको स्थानीय तहले बताएका छन् । अबको दुई दिनभित्र सबै विवरण आउने सम्भावना रहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ। स्रोत : रासस
तस्वीर :अनलाईन खबर
पर्सा,११ मंसिर ।
जिल्ला प्रशासन कार्यालय पर्साले चार सय ३८ वटा मिटरब्याजी बिरुद्धमा परेको उजुरी फर्छयौट गरेको छ । पर्सा प्रशासन कार्यालयमा अनुचित रुपमा लेनदेन गरिएको (मिटरब्याज)सम्बन्धी परेको उजुरीमा हालसम्म चार सय ३८ उजुरी फछ्र्योट गरि सकेको जनाएको छ ।
पछिल्लो समयमा विशेष सेवाका रुपमा ब्यवस्था गरिएको अनलाइनको माध्यमबाट दर्ता गरिएका एक हजार तीन सय २१ उजुरी मध्ये छलफल विधिबाट चार सय ३८ वटा उजुरी पीडितको पक्षमा फछ्र्योट गरिएको पर्सा प्रशासन कार्यालयले जानकारी गराएको छ ।
तर २ मुद्धामा भने सहमति हुन नसकेर अदालतमा दर्ता भएको जनाएको छ । दर्ता भएका उजुरी मध्ये आठ सय ४५ उजुरीको छानबिन गर्दा चार सय ३८ वटामा दुवै पक्षबिच सहमति भएर फछ्र्योट भएको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनु भयो ।
लम्सालका अनुसार छानबिन पश्चात ८४ कित्ताको १६ बिघा छ कठ्ठा आठ धुर जग्गा र दुवै पक्षको सहमतिमा रु आठ करोड ७२ लाख ६४ हजार ६१ फिर्ता गराइएको हो । मिटरब्याजी विरुद्ध हाल अनलाइनबाट दर्ता भएका उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गा–जमिन सम्बन्धी मिटरब्याज पीडितको उजुरी बढी परेको छ ।
केही खराब मनोवृती ब्यत्तीहरुले भने थोरै रकम दिई बढी रकमको कपाली तमसुक गरेर दोब्बर तेब्बरसम्म बढीको बैङ्क चेक धितो बापत राख्ने प्रवृत्ति रहेको पाइएको उहाँले बताउनु भयो ।
सोही बिरुद्धमा परेको उजुरीको छानबिनका क्रममा दुवै पक्ष बाहेक कपाली वा अन्य कागजात लेख्ने लेखापढी, साक्षीलाई समेत कार्यालयमा झिकाई आवश्यक सोधपुछ गरिएको थियो ।
छानबिनका क्रममा लेनदेन गर्नेहरूको कागजमा उल्लेख रहेको रकम लेनदेन गर्ने हैसियत तथा आवश्यकता र स्रोत रहे÷नरहेको समेत अनुसन्धान गर्ने गरिएको प्रजिअ रेग्मीको भनाइ छ ।
आवश्यक प्रमाण खोज्ने र सहमतिका लागि अधिकतम प्रयास गर्ने गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताउनु भयो । रासस
बर्दिया – ९ मंसिर ।
बर्दियाको तुलापुरस्थित एक घरमा आगलागी हुँदा चार जनाले ज्यान गुमाएका छन् । बर्दियाको गुलरिया नगरपालिका वडा न. ४ तुलापुरस्थित एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको हो ।
ेहिजो शुक्रबार राति करिब १० बजेको समयमा घरमा आगलागी हुँदा तिन जना बालबालिका सहित चार जनाको मृत्यु भएको र एक जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
आगलागीमा परी मृत्यु हुनेमा करिब १८ महिनाका बालक कार्तिक चन्द, ७ बर्षिय क्रिस चन्द, १० बर्षिय मानसिङ बुढा र ३२ बर्षिय राधा बुढाको मृत्यु भएको बर्दिया प्रहरीले जानकारी दिएको छ ।
स्थानिय वासीले रातिको करिव १० बजेको समयमा आगलागी भएको खबर प्रहरीलाई जानकारी गाएका थिए । आगलागिमा परि २८ बर्षिय करिस्मा चन्द घाइते भएको प्रहरीले बताएको छ ।
साथै के कसरी आगलागी भयो भन्ने घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।
काठमाडौं,८ मंसिर ।
आज तीनकुनेमा आयोजना गरिएको कार्यक्रमलाई अबरुद्ध गदैं दुर्गा प्रसाईलाई उनकै घरमा ‘नजरबन्द गरिएको छ । मेडिकल ब्यावसायी दुर्गा प्रसाईेद्धारा हिजो बल्खुमा आयोजित जन प्रदर्शनमा अनुमान गरिए भन्दा निकै नागरिककहरुको सहभागिता रहेको पाईएको छ ।
भएपछी आजदेखी प्रसाईँको नेतृत्वमा आयोजना हुन लागिएको कार्यक्रमले नेपाली जनतामा अझै बढी प्रभाव पार्ने र गणतन्त्रको बिरुद्धमा जनता माझ भ्रम फैलाउन सक्ने संकेत देखिएपछी सरकारले आज दुर्गा प्रसार्इँलाई घरमा नै नजरबन्दमा राखिएको छ ।
भक्तपुरस्थित घरमा नजरबन्द भएपछि प्रसाई तीनकुनेमा आज ११ बजे देखि गर्ने भनिएको आन्दोलनमा सहभागी हुन पाएका छैनन् । प्रसाईँ समुहका सह प्रवक्ता राजानन्द माण्डब्यका अनुसार अहिले प्रसाईको घरबाहिर प्रहरी तैनाथ गरी उनलाई निगरानी गरिएको छ ।
साथै प्रहरीले प्रसाईलाई बाहिर निस्कन अनुमति नभएको ‘माथीको आदेश’ भन्दै निस्कन समेत दिएको छैन ।
२०८० मंसिर ८ ।
अहिले भर्खरै दशरथचन्द राजमार्ग बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुंदा ३ जना घाइते भएका छन् । दशरथचन्द नगरपालिका–१ श्रीखण्डबाट सुर्नया गाउँपालिका–२ को पत्ताल भुवनेश्वर धामतर्फ बिहेको जन्ती बोकेर आउँदै गरेको से १ ज ६८७ नम्बरको जिप बैतडीको सुर्नया गाउँपालिका–२ को स्वागैरा भन्ने स्थातमा दुर्घटनामा परेको हो।
उक्त दुर्घटनामा परी ३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाइते हुनेहरुमा दशरथचन्द नगरपालिका–१ का १५ वर्षीया डम्बरी भट्ट, सोही ठाउँ घर भएकी १५ वर्षीया पूजा भट्ट र १२ वर्षीय शुसिल भट्ट रहेका छन् ।
अहिले घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। उक्त घटना सम्वन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकको छ ।
काठमाडौँ,८ मंसिर
आज पनि दुर्गा प्रसाईं समुहको प्रदर्शन जारी रहेको छ भने आजको प्रदर्शन भने तीनकुनेमा गर्ने भएका छन् । दुर्गा प्रसाईं समुहले आजदेखी तीनकुनेमा प्रदर्शन गर्ने र सोको बारेमा नागरिकलाई जानकारी गराउन बिहिबार बेलुकी पत्रकार सम्मेलन गरिएको थियो ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानमा लागेका आन्दोलनका संयोजक दुर्गा प्रसाईंले पत्रकार सम्मेलन गरी आजबाट तीनकुनेमा प्रदर्शन जारी राख्ने बताएका हुन् ।
अभियन्ता प्रसाईंले बिहीबार बल्खुमा गरेको प्रदर्शनमा आफ्नो कार्यकर्तालाई युवा सङ्घका कार्यकर्ता र प्रहरीसँग पटक पटक झडपको अबस्था सिर्जना गर्न आक्रमण गरिएको बताएका छन् ।
साथै त्यसै क्रममा केही सवारी साधन तोडफोड हुनुका साथै दुवैतर्फ केही व्यक्ति घाइते भएका थिए। बिहिबार बल्खुमा भएको कार्यक्रमका समर्थकलाई सम्बोधन गरेका प्रसाईंले व्यवस्था परिवर्तन नभएसम्म आफ्नो आन्दोलन जारी रहने बताएका छन् ।
चितवन, ७ मंंसिर ।
बोराभित्र हातखुट्टा बाँधेको अवस्थामा महिला र पुरुषको शव फेला परेको छ । चितवन भरतपुरको मिलनचोक स्थित मुख्य राजमार्गको पुलमुनि एक रहस्यमय घटना भएको चितवन प्रहरीले जनाएको छ ।
बोराभित्र हात खुट्टा बाँधेको अवस्थामा महिला र पुरुषको शव फेला परेको हो। दुवै शव एकै स्थानमा छुट्टा छुट्टै बोराभित्र भेटिएको छ ।
वुधबार दिउँसो करिब १ बजेको समयमा शव फेला परेको प्रहरीले जनाएको छ। चितवन प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको जनाएको छ। भरतपुर महानगरपालिका वडा नम्बर ९ र १२ को सीमा क्षेत्रमा उक्त शव भेटिएको हो।
चितवन भरतपुरको मिलनचोक स्थित मुख्य राजमार्गको सानो पुलमुनी फेला परेको शव अधबैंसे उमेरका रहेको छ । मृतकका अनुहारमा ठुलै घाउचोट समेत देखिएकाले उनिहरु कहाँका को हुन् भनेर चिनिने अबस्था नभएको प्रत्यक्षदर्शीले बताएका थिए ।
काठमाडौँ,६ मंसिर ।
वुधबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री दाहालबीच शितल निवासमा भेटवार्ता भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता भएको छ ।
उहाँहरु बिचमा आज बिहान शितल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जाजरकोट लगायतका क्षेत्रमा राहत तथा पुनर्स्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन ध्यानाकर्षण गराउनु भएको छ ।
साथै भेटकै अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच मुलुकको पछिल्लो अबस्थाका समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनु भयो ।
पोखरा,६ मंसिर ।
वुधबार पोखराको होटलमा अचेत अबस्थामा भेटिएकी एक महिलाको मृत्यु भएको छ । पोखराको नागढुंगास्थित एक होटलमा मंगलबार अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु भएको जनाइएको छ ।
तनहुँ भिमाद घर भएकी ३८ वर्षीया सुकु विकको पोखरा नागढुंगामा संन्चालित युनिक होटलमा हिंजो साँझ करिब ७ बजे तिर अचेत अवस्थामा फेला परेकी हुन् ।
कास्की प्रहरीका अनुसार २ वर्षदेखि सोही ठाउँकै शिला रेस्टुरेन्टमा काम गर्दै आई रहेकी सुकु विकको युनिक होटलबाट अचेत अवस्थामा उद्धार गरिएको थियो ।
निज विकलाई पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको थियो । साथै उपचारकै क्रममा हिंजै साँझ करिब साढे आधाघण्टा पछी उनको मृत्यु भएको हो । उक्त घटनाको अनुसन्धानका लागि प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
श्री नारी सञ्चार प्रा.लि. द्धारा सञ्चालित
NariBatika.com का लागि
कम्पनि दर्ता नं.: २६६२९३/०७८/०७९
पान नं.: ६१००३९६८९
सूचना विभाग दर्ता नंः २९११-२०७८/०७९
प्रेस काउन्सिल दर्ता नं. १८६
निलकन्ठ-३, मिलनटोल धादिङ्ग
सम्पर्क:-
ईमेल:- [email protected] [email protected] [email protected]
वेब ठेगाना:- naribatika.com
प्रतिक्रिया दिनुहोस