
चितवन,०१ कात्तिक ।
धादिङ जिल्ला घर भई चितवन कालिका नगरपालिका १ डेरागरी बस्ने १ किश्वरी मृत अबस्थामा फेला परेकी छन् ।
वुधबार धादिङ, गंगाजमुना गाउँपालिका९,घर भई हाल जिल्ला चितवन,कालिका नगरपालिका १, सगरमाथा टोल स्थित डेरा गरी बस्ने अन्दाजी वर्ष १७ की निशाना सेवा आफु सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
निशाना आफु सुत्ने कोठामा झुण्डिएको अवस्थामा निजको आमाले देखी पासो काटी हेर्दा मृत्यु भइसकेको भन्ने खबर प्रहरीलाई दिएकी थिईन् ।
चितवन प्रहरीले उक्त खबर प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी बिट पदमपुरबाट प्रहरी टोली खटि गई घटना स्थल सुरक्षित राखेको थियो ।
प्रहरीले घटना स्थलको मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस