आज:  | Thu, 02, May, 2024

ज्वालामुखी गाउँपालिका अनुगमन समितिको टोलीले ३ लाख बराबरको म्याद नाघेका सामान जफत गरि नष्ट

४ कार्तिक २०८०, शनिबार ०७:४९ मा प्रकाशित ( ६ महिना अघि) ३७१ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती
नारी वाटिका डट्कम

धादिङ,४ कात्तिक ।

गाउँपालिका अनुगमन टोलीले ज्वालामुखी गाउँपालिका ३ मा ३ लाख बराबरको म्याद नाघेका सामान जफत गरि नष्ट गरेको छ । धादिङको ज्वालामुखी गाउँपालिकाले गरेको बजार अनुगमनमा ३ लाख बराबरको अखाद्य वस्तु जफत गरि नष्ट गरेको हो । पालिकाले १ देखि ७ नम्बर वडा सम्म बजार अनुगमन गर्दा भेटिएको म्याद गुज्रेका खाद्यवस्तुहरु नष्ट गरेको थियो ।

नष्ट गरिएका खाद्यवस्तुहरुमा केमिकल, चाउचाउ, बेसार पाउडर, गुल्कोज, आटाको पिठो, पेय पदार्थ, स्याफु लगायत जफत गरिएका खाद्य तथा उपभोग्य वस्तुहरुको खाडल खनि नष्ट गरेको स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले बताउनु भयो ।

त्यसैगरी अनुगमनकै क्रममा पसलहरु दर्ता तथा नविकरण गरेको छ । छैन, स्थायी लेखा नम्बर लिएको छ वा छैन, मुल्य सुची टास गरेको नगरेको भन्ने विषयमा हेरिएको थियो । विशेषगरी चाडपर्वका समयमा हुने कालाबजारी, म्याद गुज्रेका सामाग्रीहरुको अवस्था के छ भन्ने विषयमा पालिकाले अनुगमन गरिएको थियो ।

अनुगमन टोलीले दर्ता तथा नविकरण नगरेका पसलहरुलाई एक हप्ता भित्रमा पालिकामा सम्पर्क गर्न आग्रह गरिएको छ । त्यस्तै सरसफाई नभएका होटलहरुलाई सरसफाईमा ध्यान दिन समितिले सुझाव दिएको छ ।

बजार अनुगमन प्रति नागरिकहरु सचेत रहेको बताउदै तोकिएको मुल्य भन्दा बढि मुल्यमा सामाग्रीहरु विक्रि वितरण गरिरहेको पाईएमा तत्काल पालिकामा खबर गर्न पनि श्रेष्ठले आग्रह गर्नु भयो ।

गाउँपालिकाको क्षेत्र भित्र रहेको बजारलाई उपभोक्ता मैत्री बनाउने उद्धेश्यले पालिकाले बजार व्यवस्थापन कार्यविधि बनाएर असोज २ गतेदेखि बजार अनुगमन कार्य थालनी गरिएको हो । पालिका अनुगमन समितिले पालिका स्तरीय बैठक बसेर दोस्रो चरणको अनुगमन कार्य सुरु गर्ने भएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस