आज:  | Sat, 18, May, 2024

धन कमाएर बुढेसकालका सहारा भनेको छोरो लास बनेर बाकसमा फर्कियो

६ कार्तिक २०८०, सोमबार १५:०३ मा प्रकाशित ( ६ महिना अघि) ५०८ पाठक संख्या
नारी बाटिका


काठमाडौं,६कात्तिक ।

धन कमाएर बुढेसकालका सहारा बन्ला भनेको छोरो लास बनेर बाकसमा फर्किएको छ । अलि अलि भएको जग्गा जमिन पनि वन्दगी राखेर बिदेश पठाएको छोरो लास बनेर वाकसमा घर फर्किदा कुन बुवा आमाको होस रहला र ? नेपालीको घर घरमा दशैँको रौनक छाईरहेका बेला महाँनवमिका दिन कञ्चनपुरको भीमदत्त नगरपालिका(१५ निम्बुखेडाका एक सामान्य परिवारका सदस्यहरुमा कालो वादलले ढाकेको छ।

टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका दीपेश विष्टको शव निम्बुखेडा पुगेपछि उनको परिवारसँगै सिङ्गो गाउँ नै शोकमा डुबेको छ । । कृर्षी अध्ययनको लागी इजरायल पुगेका छोराको मृत्युको खबर सुनेपछी अर्धचेत अवस्थामा दार्चुलाको लेकम गाउँपालिका(५ बाट महेन्द्रनगर झरेकी आमा पार्वती छोराको शव देखेपछि बेहोस भइन्। परिवार र आफन्त र गाउँबासीका आँखा रसाए।

ुछोरा दीपेश पढाइमा सानैदेखि ट्यालेन्ट थिए। सानैमा बुबा गुमाएका दिपेश एक्लि आमाको बुढेसकालको साहरा थिए । छिमेकी सुरेश पालले भने, ुपरिवारको अवस्था सुधार गर्छु भनेर आमालाई आशा देखाइ रहने छोरा आज बाकसमा फर्किदाको स्थिती निकै दुःखदायी मात्रै हैन उनकी आमाको अवस्था नै पिडादायिक बनेको छ।ु

हिजो आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको दीपेशको शव आज बिहान उनको घर ल्याइएको थियो। दार्चुलाको लेकम गाउँपालिका–५ घर भएका विष्ट परिवारको बसाइ हाल भीमदत्त नगरपालिका– १५ मा छ।

कक्षा १ देखि १० सम्म महेन्द्रनगरस्थित ग्लोबल एकेडेमीमा छात्रवृत्तिमा पढेका दिपेश निकै अब्बल विद्यार्थी भएको विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज ओझाले बताउछन् । दीपेश र उनका भाई वसन्तराज दुवै छात्रवृत्तिमै कक्षा १० सम्म पढेका हुन्ु, दीपेशको मलामी महाकाली पुगेका प्रिन्सिपल ओझाले भावुक हुँदै भने, अकल्पनीय घटनाले सबैलाई शोकमा डुबाएका छन् ।

यहाँस्थित रेडियन्ट माध्यमिक विद्यालयबाट विज्ञान विषयमा प्लस टु पास गरेका दीपेशको सपना भाईलाई जसरी भए पनि डाक्टर बनाउने थियो। दीपेश चार वर्षको हुँदा बुबाको मृत्यु भएको थियो। शिक्षक पेशामा रहेका बुवा अशोक विष्टको क्यानसरबाट मृत्युभएपछि दुई छोराको पालनपोषण आमा पार्वतीले गर्दै आइन्।

आमा पावर्ती दार्चुलाको लटिनाथ माध्यमिक विद्यालयकी शिक्षिका छिन्। दीपेशका भाई वसन्तराज दाजुको सल्लाहअनुसार नै हाल बिपी प्रतिष्ठान धरानमा एमबिबिएसमा अध्ययनरत छन्। विष्टको आज महाकाली नदी किनारमा अन्त्येष्टी गरिएको छ। इजरायल घटनामा मारिएका चार सुदूरपश्चिमका विद्यार्थीको शव आइतबार धनगढी पुर्‍याइएको थियो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस