आज:  | Thu, 02, May, 2024

टीकाको दोस्रो दिन आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम जारी

८ कार्तिक २०८०, बुधबार ०८:११ मा प्रकाशित ( ६ महिना अघि) ३२० पाठक संख्या
नारी बाटिका


०८ कात्तिक २०८० धादि ङ ।

बडादसैँँको टीकाको दोस्रो दिन आज पनि मान्यजनको हातबाट टीका, जमराको साथमा आर्शिरवाद लिने क्रम जारी छ । नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट दुर्गा भवानीको प्रशादको रुपमा टीका जमरा प्रसाद लगाउने चलन रही आएको छ । ९ दिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजा आराधना गरी राखिएको जमरा सहितको टीका पाँच दिनसम्म लगाइन्छ ।

बडादसैँ पर्व आफैँमा शुभ समय भएकाले कोजाग्रत पूर्णिमासम्म जतिबेला पनि टीका लगाउँदा हुने जानकारहरू बताउँछन् । टिकाको पहिलो दिन आफ्ना मान्यजनहरु संग आफ्ना घरका हजुरबुवा हजुरमुमा,माता मिता जेष्ठ सदस्यबाट रोलसान्ति टीका लगाउन सुरु गर्दै आफ्ना काका, ठूलोबुवा घर, मामा घर, ससुराली र अन्य मान्यजनका घरमा गइरहेका छन् ।

घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्त कहाँ जाने गर्छन् । यो क्रम पूर्णिमासम्म जारी रहन्छ । सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले रावणमाथि विजय प्राप्त गरेको दिनको सम्झनामा विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस