आज:  | Wed, 01, May, 2024

धादिङ लगायत देशका ठुला अस्पतालहरुमा रगतको अभाव बढ्दै गएपछी रक्तदान गर्न रक्तदातालाई अनुरोध

१० कार्तिक २०८०, शुक्रबार १६:२२ मा प्रकाशित ( ६ महिना अघि) ३२८ पाठक संख्या
नारी बाटिका


धादिङ,१० कात्तिक ।

चाडपर्वका समय रत्तदानका कार्यक्रम प्राय नहुने भएकाले यतिबेला धादिङमा रगतको अभाव बड्दै गएको पाईएको छ । अन्य जिल्लाको तुलनामा यस जिल्ला बढी रगत संकलन हुने जिल्लामा पर्दछ । तथापी नेपालीहरुको मुख्य चाडपर्वको समय परेको कारण यतिबेला धादिङमा रगतको अभाब हुन गएको हो । नेपालको ७७ जिल्ला मध्य रगत संकलनको हिसावले प्रख्यात बनेको धादिङ जिल्लामा हाल रगतको अभाव हुन थालेको जनाइएको छ ।

तेसो त यो समय धादिङ मात्रै नभई देशकै ठुला शहर मानिने काठमाण्डौ,भक्तपुर लगाएतको स्थानमा पनि रगत अभाव भएको देखिन्छ । दसैँ सुरु भएदेखि नै रक्तदान लगायत रगत उपलब्ध हुने रक्तदाताको स्रोत ठप्प भएपछि रगत अभाव देखिएको हो । नेपाल रेडक्रस सोसाइटी भक्तपुरको ब्लड बैङ्कमा समेत रगतको अभाव भएको पाइएकोछ ।

पछिल्लो समय धादिङ जिल्लामा डेङ्गु , वैदेशिक रोजगारको लागि युवाहरु विदेश पलायन तथा वर्पर्क नेपालीको ठुला चार्डपर्वको कारण रगतको अभाव हुन पुगेको नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका कोषाध्यक्ष तथा बागमती प्रदेशका सदस्य नारायण कुमार श्रेष्ठले बताउनु भयो ।

चाडबाडको बेलामा रक्तदान लगायत कार्यक्रम नुहँदा रगत अभाव भएको बताउँदै माग अनुसार रगत उपलब्ध गराउन नसकेको बताउनु भएको छ ।यसअघी धादिङ बाटै काठमाण्डौ, भक्तपुर तथा रगत अभाव हुने स्वास्थ्य संस्थामा रगतको ब्यवस्थापन मिलाउथ्यौ । तर अहिले जिल्लामै रगतको अभाव भएर हम्मे हम्मे भएको श्रेष्ठ बताउनु हुन्छ ।

रगतका लागी फोन आउँछ ब्लड बैङ्कमा नै नभएपछि ब्यवस्थापनमा गाहो रक्त संन्चार केन्द्रको भनाइ छ । रक्तदान नहुँदा आपत्कालीन अवस्थाका बिरामीका लागि आफुहरुले रक्तदाताहरुलाई फोन गरेर बोलाउँदै रगत सङ्कलन गरेर दिने गरेको जनाइएको छ ।

अस्पतालहरुले दसैँको समयमा ठूला शल्यक्रिया नगरे पनि रक्त क्यान्सरका बिरामी, दुर्घटनाका बिरामी र डेङ्गुका बिरामीका लागि रगतको माग बढेको छ । डेङ्गुका बिरामी बढ्दै गएपछि रगतको माग पनि बढ्दै गएको अस्पताल स्रोतले जनाएको छ । रगतको अभाबको समस्यालाई न्युनिकरण गर्न रक्तदान लगाएतका कार्यक्रमहरु सुचारु गर्न सघ,संस्थाहरुलाई आग्रह समेत गरिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस