आज:  | Sun, 03, Dec, 2023

धादिङ धुनिबेशी न.पा.७ भगेरी स्थित नवराज उप्रेतीको घरमा आगलागी

१३ कार्तिक २०८०, सोमबार १५:०८ मा प्रकाशित ( १ महिना अघि) ३७८ पाठक संख्या
नारी बाटिका

भगवती उप्रेती

धादिङ, १३ कात्तिक ।

धादिङ धुनिबेशी नगरपालिका ७ भगेरी स्थित नवराज उप्रेतीको घरमा आगलागी भएको छ । आईतबार अ.११ः३५ बजेको समयमा उप्रेतीको ढुङ्गा माटोको गारोमा जस्ताले छाएको २ कोठाको कच्ची घरमा अचानक बिजुलीको तार सर्ट भई आगोलागी भएको हो ।

घटनाको खबर प्रहरीलाई प्राप्त हुनासाथ तत्काल इलाक़ा प्रहरी कार्यालय खानिखोला बाट प्र.नि देवेन्द्र बहादुर शाहको कमाण्डमा १५ जनाको टोली खटि गई स्थानिय समेतको सहयोगमा तत्कालै आगो नियन्त्रणमा लिइ उद्धार गरिएको थियो ।

साथै उक्त आगोलागीबाट घर पुर्ण रुपमा नष्ट भएको र घरभित्र रहेको काठको दराज थान १,काठको खाट थान २,सोफा सेट थान १,ग्याँस चुलो थान १,ऐ। को सिलिन्डर थान २,सुन ३ तोला,लत्ता कपडा सबै गरी अनुमानत १२ बाह्र लाख मुल्य बराबरको धनजनको क्षति भएको छ ।

साथै आगलागी बाट मानविय तथा चौपाया क्षति नभएको प्रहरी कार्यलय धादिङका डिएसपी एवं सुचना अधिकारी सन्तुलाल प्रशाद जैसवारले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस