
तस्वीर : अनलाईन साभार
काठमाडौं,१३ कात्तिक ।
जनता समाजवादी पार्टी (जसपा) ले सञ्जिला कुमारी यादवलाई सांसद बनाउने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय, बालकुमारीमा बसेको कार्यकारिणी बैठकले सञ्जिला कुमारी यादवलाई सांसद बनाउने निर्णय हो । आज विहानदेखी पार्टी कार्यलयमा बसेको केन्द्रीय कार्यकारिणी बैठक अहिले भर्खरै सकिएको हो ।
मधेश प्रदेशमा रिक्त रहेको समानुपातिक सांसद कोटामा सञ्जिलाकुमारी यादवलाई पठाउन आजको बैठकले निर्णय गरेको छ । पार्टी स्रोतले दिएको जानकारी अनुसार समानुपातिक सांसद विन्दु कुमारी यादवको भदौमा निधन भएपछि रिक्त पदमा सञ्जिला कुमारी यादवलाई पठाउने निर्णय गरेको हो ।












प्रतिक्रिया दिनुहोस