आज:  | Thu, 09, May, 2024

(जसपा) ले सञ्जिला कुमारी यादवलाई सांसद बनाउने निर्णय, कार्यकारिणी बैठक,सम्पन्न

१३ कार्तिक २०८०, सोमबार १९:५७ मा प्रकाशित ( ६ महिना अघि) १३६ पाठक संख्या
नारी बाटिका


तस्वीर : अनलाईन साभार

काठमाडौं,१३ कात्तिक ।

जनता समाजवादी पार्टी (जसपा) ले सञ्जिला कुमारी यादवलाई सांसद बनाउने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय, बालकुमारीमा बसेको कार्यकारिणी बैठकले सञ्जिला कुमारी यादवलाई सांसद बनाउने निर्णय हो । आज विहानदेखी पार्टी कार्यलयमा बसेको केन्द्रीय कार्यकारिणी बैठक अहिले भर्खरै सकिएको हो ।

मधेश प्रदेशमा रिक्त रहेको समानुपातिक सांसद कोटामा सञ्जिलाकुमारी यादवलाई पठाउन आजको बैठकले निर्णय गरेको छ । पार्टी स्रोतले दिएको जानकारी अनुसार समानुपातिक सांसद विन्दु कुमारी यादवको भदौमा निधन भएपछि रिक्त पदमा सञ्जिला कुमारी यादवलाई पठाउने निर्णय गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस