आज:  | Tue, 18, Feb, 2025

धादिङवेसीमा जुवातास खेल्ने ६ जना खेलाडी पक्राउ, जुवाको खालबाट नगद रु.४२,८२५ रुपयाँ बरामद

१४ कार्तिक २०८०, मंगलवार १६:४१ मा प्रकाशित ( १ साल अघि) २४३४ पटक पढिएको
नारी बाटिका


धादिङ,१४ कात्तिक ।

कतै तपाई पनि जुवातासको कुलतमा  हुनुहुन्छ भने आजै त्थो बानी छाडिदिनोस् । किनकी यसैपनि जुवातास खेल्ने खेलाउने अवैधानिक कार्य हो भने त्यसमाथी पनि चाडपर्वका समय अझै विकृतीले तपाईँको घर तथा हाम्रो समाजमा नराम्रा गतिविधिले प्रभाभ पार्न सक्छ ।

धादिङवेसीमा जुवातास खेल्ने ६ जना खेलाडी पक्राउ साथै जुवाको खालबाट नगद रु.४२,८२५।((बयालिस हजार आठ सय मात्र) र ३ बुक तास प्रहरीले बरामद गरेको छ । हिजो बेलुकी अ. २०ः५ बजेको समयमा धादिङ जिल्ला निलकण्ठ नगरपालिका ३ एमाले चोक नजिकै आशिष श्रेष्ठको घरबाट जुवातास खेलिरहेको अबस्थामा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीलाई जुवा खेलेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी टोली खटि गई निम्न स्थान बस्ने ६ जना मानिसरुलाई जुवातास खेलिरहेको अवस्थामा नगद जम्मा रु.४२,८२५।((बयालिस हजार आठ सय मात्र) सहित जुवा खेलाडीहरु पक्राउ परेका हुन् ।

त्यस्तै जुवाकै खालबाट नगद सहित ३ बुक तास सहित ६ जना नियन्त्रणमा लिई आज मंगलबार जिल्ला प्राशासन कार्यालय धादिङ बाट दिन(७ म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा
निम्न
१०जिल्ला धादिङ निलकण्ठ न।पा।३ बस्ने वर्ष ३८ को ईश्वर खतिवडा
२०ऐ(ऐ. बस्ने वर्ष ३८ को भोज ब। पौडेल
३०ऐ.ऐ. बस्ने वर्ष ३९ को राम ब।गुरुंङ
४० ऐ.ऐ. बस्ने वर्ष ३१ को आशिष श्रेष्ठ
५०ऐ.ऐ. बस्ने वर्ष २५ को सम्राट तामाङ
६०ऐ.ऐ.वडा न.१२ बस्ने बर्ष २३ को राहुल तामाङ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस