आज:  | Sat, 27, Jul, 2024

अब उपान्त सरकार आफैले बाल सुधारगृह सञ्चालन गर्ने : मन्त्री सुरेन्द्रराज आचार्य

१४ कार्तिक २०८०, मंगलवार १९:०३ मा प्रकाशित ( ८ महिना अघि) ३८८ पाठक संख्या
नारी बाटिका


काठमाडौँ,१४ कात्तिक ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सामाजिक संघ, संस्थालाई बाल सुधारगृह सञ्चालन गर्न नदिने बताउनु भएको छ । साथै अब उपान्त सरकार आफैले बाल सुधारगृह सञ्चालन गर्ने बताउनु भयो । मंगलवार प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै मन्त्री सुरेन्द्रराज आचार्यले सामाजिक संघ, संस्थालाई बाल सुधारगृह सञ्चालन गर्न नदिने बताएका हुन् ।

आज बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । पछिल्लो समयमा बाल सुधारगृहको उचित व्यवस्थापन नभएका वेला सामाजिक संघ, संस्थाले बाल सुधारगृह सञ्चालनका लागि जिम्मेवारी पाएका भएपनि अब उपान्त सरकार आफैँले सबै बाल सुधारगृहको ब्यवस्थापन सहित सञ्चालन गरिने भएको वताउनु भएको हो । साथै यस विषयमा सरकार गम्भीर समेत रहेको मन्त्री आचार्यको भनाइ छ।

यस्तै लागुऔषधमा फसेका र १८ वर्षभन्दा माथिकालाई बाल सुधारगृहमा नभई छुट्टै व्यवस्था गर्ने सोच पनि सरकारले बनाएको बताउनु भयो । १८ वर्षभन्दा माथि उमेर समूहका पनि बाल सुधारगृहमा संगै राख्दा यो उमेर समुहले सुधारगृह्रमा विकृति भित्र्याएकाले यस्तो अबस्था आउन नदिनको लागी पनि सरकारले उनीहरूलाई छुट्टै राख्ने व्यवस्था मिलाउन लागिएको मन्त्री आचार्यले बताउनु भएको हो ।

उहाँले बाल सुधार गृहका बालबालिकाहरूको शिक्षा, स्वास्थ्य र ज्ञान÷सीपको आवश्यक व्यवस्था मिलाउन पनि सम्बन्धित मन्त्रालयलाई अनुरोध गर्नु भएको छ ।
मन्त्री आचार्यले भने, ‘बाल सुधारगृहहरू छन्। त्यो सरकारले नै सञ्चालन गर्नुपर्छ भनेर अहिले मन्त्रालय त्यसमा पनि लागि परेको छ।’

साथै सुधारगृहमा रहेका बालबालिकाहरूलाई परिवारमा फर्केपछि पनि सामाजिक रुपमा पुर्नस्थापना तथा आत्मनिर्भर हुनेगरी शिक्षा,स्वास्थ्य र रोजगारीको अवसर पाउने गरी आवश्यक व्यवस्था मिलाउन पनि आफूले पहल गरिरहेको बताउनु भएको छ ।

तस्वीर : अनलाइन साभार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस