आज:  | Sat, 04, May, 2024

धादिङको काउलेमा ३ दिने जिल्ला स्तरिय महिला भलिवल प्रतियोगिता हुदै

१५ कार्तिक २०८०, बुधबार ०९:१९ मा प्रकाशित ( ६ महिना अघि) २६३ पाठक संख्या
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ १५ कार्तिक  ।

धादिङको काउलेमा जिल्ला स्तरिय महिला भलिवल प्रतियोगिता हुने भएको छ । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर १ काउलेमा जिल्ला स्तरिय महिला भलिवल प्रतियोगिता आयोजना गरिने भएको हो ।

नगरपालिको वडा नम्बर १ मा अबस्थित   प्रकाश माध्यमिक विद्यालयको आयोजनामा यहि कार्तिक  २५ गते देखि २७ गतेसम्म ३ दिने प्रतियोगिता गरिने आयोजकले जनाएको छ ।

विद्यालयका पुर्व प्रधानध्यापक एवं विद्यालय व्यवस्थापन समिती अध्यक्ष रहनु भएका स्वर्गीय प्रेम बहादुर तामाङको सम्झनामा महिला खेलाडीहरुलाई खेलमा प्रोत्साहन गर्नका निमित्त ३ दिने भलिवल प्रतियोगिता कार्यक्रमको आयोजना गर्न लागिएको प्रकाश माध्यमिक विद्यालयका  चेतलाल तामाङले नारी वाटिका डट्कमलाई जानकारी दिनु भयो ।

यस प्रतियोगितामा प्रथम हुनेलाई रु.४० हजार,द्धितियलाई रु.२५ हजार,तृतियलाई रु. १५ हजार साथै सान्त्वना हुनेलाई रु,९ हजार साथमा ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने सहायक प्र.अ.तामाङले जनाउनु भयो ।

यस प्रतियोगितामा धादिङ जिल्ला भित्रका खेलाडीहरुले मात्रै सहभागी हुन पाउने छन् भने खेलमा सहभागिताको लागी यहि कार्तिक २३ गते सम्म टिम दर्ता गराउनु पर्ने छ ।

टिम दर्ताको लागि प्रत्येक सहभागी खेलाडीको नागरिकता वा जन्म दर्ताको फोटोकपी र पासपोर्ट साईजको फोटो एक प्रति अनिवार्य आवश्यक रहेको र टिम दर्ताको लागि शुल्क भने रु.३००० रहने स्व.प्रेम ब.तामाङको छोरा,प्रकाश माविका सहायक प्र.अ, एव्ं भलिबल प्रशिक्षक चेतलाल तामाङले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस