आज:  | Sun, 19, May, 2024

तारा एयरका दुई विमान पाइलटबिच कुटाकुट, दुबैजनाको लाइसेन्स निलम्बन

१७ कार्तिक २०८०, शुक्रबार १३:४६ मा प्रकाशित ( ६ महिना अघि) ४२८ पाठक संख्या
नारी बाटिका


काठमाडौँ, १७ कात्तिक ।

नेपाल नागरिक उड्डयन प्राधिकरणद्धारा दुई पाइलटको लाइसेन्स निलम्बन गरेको छ । विमानस्थल परिसरमै दुई विमान पाइलटबिच कुटाकुट भएपछी नागरिक उड्डयन प्राधिकरणका (क्यान)ले दुई विमान चालक(पाइलट)को लाइसेन्स निलम्बन गरेका हुन् । ।

सुक्रबार बिहान रामेछापको मन्थली विमानस्थलमा तारा एयरका दुई पाइलटहरु वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव श्रेष्ठबिच विमानस्थल परिसरमै कुटाकुट भएको थियो ।

उनीहरूबिच झगडा भएपछी नागरिक उड्डयन प्राधिकरणका (क्यान)ले लाइसेन्स निलम्बन गरिएको उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिनु भयो ।

“राष्ट्रिय सुरक्षा मापदण्डको उल्लङ्घनको कारण अर्को सूचना नभएसम्म दुई वरिष्ठ क्याप्टेनको लाइसेन्स निलम्बन गरिएको छ । विस्तृत अनुसन्धानपछि लाइसेन्स खारेज वा नियम बमोजिम अन्य दण्डात्मक कारबाही हुन सक्छ”, उहाँले बताउनु भयो ।

एउटै कम्पनीमा कार्यरत दुई पाइलटबिच के कारणले झगडा (कुटाकुट) भएको हो । त्यो भने खुल्न बाँकी रहेको क्यानले जनाएको छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस