
नारी बाटिका
तस्विर–राससबाट साभार
काठमाडोँ,१८ कात्तिक ।
गएराति जाजरकोट केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ भने छिमेकी जिल्ला समेतका भुकम्पमा परी ६५ जनाको मृत्यु भएको जनाएको छ । सुक्रबार राती जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी अहिले विहानसम्मको जानकारीमा ६५ जनाको मृत्यु भएको छ । जाजरकोटका ३७ जना र रुकुमपश्चिमका २८ जनाको मृत्यु भएको जनाइएको छ ।
जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार जाजरकोटमा मात्रै ३७ जनाको मृत्यु भएको जानकारी दिनु भयो । यस्तै रुकुमपश्चिम जिल्लाका अहिलेसम्म २८ जनाको मृत्यु भएको तेहाँका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनु भएको छ । साथै अन्य भूकम्पमा परेका व्यक्तिहरुको खोजी कार्य जारी रहेको र मृतकको संख्या बढ्नसक्ने दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जनाएका छन्।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्पमा परी १०० भन्दा बढी घाइते भएका राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद डा.लोकविजय अधिकारीले जानकारी गराएका छन् ।








प्रतिक्रिया दिनुहोस