आज:  | Sun, 19, May, 2024

जाजरकोटको शक्तिशाली भूकम्पमा परी उपप्रमुख सरिता सिंहको समेत १२९ जनाले ज्यान गुमाए

१८ कार्तिक २०८०, शनिबार ०८:५७ मा प्रकाशित ( ६ महिना अघि) ४०४ पाठक संख्या
नारी बाटिका


जाजरकोटको शक्तिशाली भूकम्पमा परी मृत्यु भएकी उपप्रमुख सरिता सिंह

काठमाडोँ, १८ कात्तिक ।

जाजरकोटको शक्तिशाली भूकम्पमा परी उपप्रमुख सरिता सिंहको समेत मृत्यु भएको छ ।गृह्र मन्त्रालयले जनाए अनुसार १२९ जनाको मृत्यु, १५३ जना घाईते भएका छन् । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो। यस भुकम्पमा परी नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको समेत मृत्यु भएको छ ।

साथै उक्त भुकम्पमा परी मृत्यु हुनेको संख्या थपिदै ःगएको छ । अहिले विहानको ८ बजेको जानकारी अनुसार शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ११९ जना पुगेको जनाएको छ । यो जाजरकोट र रुकुमपश्चिमको तथ्यांक हो।

जाजरकोटमा मात्रै भूकम्पले ९२ जनाको ज्यान लिएको छ। सबैभन्दा ठूलो मानवीय क्षति नलगाढ नगरपालिकामा भएको जनाइएको छ। जिल्ला प्रशासन कार्यालयले जाजरकोटले जनाए अनुसार अहिलेसम्म ज्यान गुमाउने ११९ जनामध्ये ४७ जना नलगाढ गाउँपालिकाको रहेका छन् ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस