आज:  | Thu, 09, May, 2024

नेपाली कांग्रेस धादिङको प्रथम जिल्ला सम्मेलन सम्पन्न,इतर समुहले बहिस्कार गरेतापनि कार्यकर्ताहरुको बाक्लो सहभागिता

१८ कार्तिक २०८०, शनिबार १९:३० मा प्रकाशित ( ६ महिना अघि) १०९१ पाठक संख्या
नारी बाटिका


धादिङ,१८ कार्तिक ।

नेपाली कांग्रेस धादिङको प्रथम जिल्ला सम्मेलन आज धादिङवेशीमा सम्पन्न भएको छ । इतर समुहले कार्यक्रमको बहिस्कार गरेतापनि कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो ।  कांग्रेस पार्टी जिल्ला कार्यसमिती धादिङले पहिलो पटक आयोजना गरिएको जिल्ला सम्मेलनमा शनिबार धादिङका सभापती रामनाथ अधिकाकारीको अध्यक्षतामा कांग्रेसका केन्द्रिय सदस्य नेता डा.शेखर कोईरालाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

पार्टीलाई विधानत संचालन गर्न पटक पटक आग्रह गर्दा पनि सभापति रामनाथ अधिकारीले स्वच्छचारी ढंगबाट पार्टी संचालन गरेको भन्दै इतर समुहका भिम प्रशाद ढुंगाना,पुर्व सभापती रमेश धमला,प्रदेश क्षेत्र नं.२ (क)का क्षेत्रिय सभापती राकेश धमला, केन्द्रिय सदस्य दिलमान पाख्रिन तामाङ लगायतका नेताहरुले कार्यक्रमको बहिस्कार गरेका थिए ।

सुत्रबार वेलुकी ढुंगाना समुहले पत्रकार सम्मेलन गरी नेपाली काँग्रेस धादिङले आज गर्न लागेको पार्टिको जिल्ला सम्मेलनमा महासमित सदस्य बासु तिम्मलसेना र दुवै क्षेत्रका क्षेत्रीय सभापति द्वय राकेश धमला, कुमार सिंखडा पनि सहभागि नहुने भनि जानकारी गराएका थिए । तर क्षेत्र न.ं१ का क्षेत्रिय सभापती कुमार सिंखडा भने कार्यक्रममा सहभागी भएका छन् ।

साथै सुक्रबारको पत्रकार सम्मेलनमा सहभागि निवर्तमान सभापति धमलाले भोलीको सम्मेलन गुटको भेला मात्र भएकाले सहभागि नहुन नेता कार्यकर्तालाई आग्रह गर्नुभएको थियो । उहाँले सभापति बनाउन आफु नै लागि परेको भए पनि पार्टीलाई विधि संवत् बनाएर लान नमानेपछि यो निर्णय गर्नु परेको बताउनु भएको थियो। पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य पाख्रिन, उपसभापति, कोषाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

नेपाली काग्रेस धादिङले पहिलो पटक आयोजना गर्न लागेको सम्मेलनमा २ समुहबिच बिवादका बाबाजुद कार्यकर्ता हरु तथा जिल्लाका सम्पुर्ण क्षेत्रिय प्रतिनिधीहरुले नेताहरुबिच मनमुटाब हुन सक्छ तर सिंगो पार्टीको कार्यक्रममा सहभागी नहुनु उचित हुदैन भन्ने उदेस्यका साथ लगभग सबै सबैजसो सम्मेलनमा सहभागी भएका थिए ।

आन्तरिक रपमा पार्टी भित्रको विषयलाई समधान गर्न यिनै नेताहरु नै एकआपसमा बसेर छलफल गर्नु पर्नेमा कार्यक्रमको अन्तिम क्षेणमा आएर सम्मेलनमा आफुहरु सहभागी नहुने र अरु कार्यकर्ताहरुलाई पनि सहभागी नहुन भनिएकोमा धेरै क्षेत्रिय प्रतिनिधी तथा कार्यकर्ताहरुको ढुंगाना समुहप्रति गुनासो समेत गरेका छन् ।

कार्यक्रममा जिल्लाका ११ गाउँपालिका,२ नगरपालिका तथा वडाका गरी जिल्लाभरबाट २२०७ जना क्षेत्रिय प्रतिनिधीहरुको सहभागिता रहेको थियो । यसैगरी सम्मेलनमा पार्टीले सम्पन्न गरेका कार्यक्रम,भावी कार्ययोजना,पार्टीले जनताका माझमा गरिने बिकास निर्माणका कार्यहरु लगायतका बारेमा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%२%२%

प्रतिक्रिया दिनुहोस