आज:  | Mon, 11, Nov, 2024

जाजरकोट भुकम्प घटनामा बिछिप्त भएका घाइतेको सरकारले निःशुल्क उपचार गर्ने

१९ कार्तिक २०८०, आईतवार ११:२३ मा प्रकाशित ( १ साल अघि) ५४८ पाठक संख्या
नारी बाटिका


काठमाडौँ,१९ कात्तिक।

सरकारले गएको सुक्रबार मध्यरातमा जाजरकोट भुकम्प घटनामा परी बिछिप्त भएका घाइतेहरुको निःशुल्क उपचार गर्ने गर्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको हो ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौँका अस्पताल लगायतका सबै ठाउँका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेतले पत्रकारलाई जानकारी दिनु भयो ।

बस्नेतले वितेको ८ वर्ष अगाडी गोरखा वार्पाकलाई केन्दबिन्दु बनायर गरिएको भूकम्पपछि राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारी रुपमा राहत र पुनःस्थापनाका काम सञ्चालन गर्न लागिएको बताउनु भएको छ ।

यतिबेला देशभित्रबाट तथा छिमेकी देश एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन–कुन क्षेत्रमा कसरी लिने भन्ने बारेमा थप छलफल गरी निर्णय गरिने समेत जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस