आज:  | Wed, 08, May, 2024

नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउन गिरोह पक्राउ

१९ कार्तिक २०८०, आईतवार १८:१२ मा प्रकाशित ( ६ महिना अघि) ५०१ पाठक संख्या
नारी बाटिका


काठमाडौं,१९ कात्तिक ।

नेपालीलाई नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले १० जनालाई पक्राउ गररेको छ । आईतवार उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने एक गिरोहमा संलग्न भएकाहरुलाई काठमाडौंका विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

आज पत्रकार सम्मेलन गरी अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सोमेन्द्रसिंह राठौरले बोल्दै २९६को अनुसन्धान गर्दा नक्कली प्रहरी रिपोर्ट,नक्कली श्रम स्वीकृति,नक्कली सर्टिफिकेट,नक्कली नाताप्रमाणित डकुमेण्टका आधारमा अनुसन्धानबाट १० जना पक्राउ गरिएको बताउनु भयो । सोमेन्द्रसिंह राठौरले अनसन्धानबाट पक्राउ पर्ने नवलपुर जिल्ला मध्यबिन्दु नगरपालिका स्थायीघर भएका जयराम श्रेष्ठले नक्कली कागजात बनाउने काम गरेको खुल्न आएको छ ।

श्रेष्ठले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहबाट पक्राउ पर्नेहरुमा नवलपुर जिल्ला मध्यबिन्दु नगरपालिका घर भएका जयराम श्रेष्ठ,गोर्खाका भक्तबहादुर थापा, गोर्खा बारपाकका विपिन ढकाल,गोर्खाकै अजित फेवाली, उदयपुर बेलकाका आशिष श्रेष्ठ, काभ्रेपलाञ्चोकका जीवनराम तामाङ,काठमाडौंका साईरस विशंखे,काठमाडौंका दीपक के.सी र सल्यानका बलबहादुर रावत रहेको प्रहरीले जनाएको छ ।

यस्तै अनुसन्धानको क्रममा नेपाल प्रहरीमा कार्यरत एक जना उदयपुरका ३० वर्षीय आशिष श्रेष्ठलाई पनि पक्राउ गरी अनुसन्धान भैरहेको बताउनु भयो । उक्त गिरोहले भिजिट भिषामा नक्कली कागजतामा पठाउने विषयमा कतिपय मानिसहरुलाई थाहा समेत नभएको पाइएको बताउनु भयो । विदेश जानको लागि पैसा दिएको तर नक्कली भिजिट भिसामा विदेश पठाउनेबारे जानकारी नभएको अनुसन्धानमा खुलेको हो ।

शैक्षिक प्रमाण लगायत अन्य २९६ जनाको कागजातहरु प्रहरीले बरामत गरेको छ । प्रहरीले अनुसन्धानको क्रममा पक्राउ परेका दीपक के।सी।ले भक्तबहादुर थापालाई ह्वाट्सएप मार्फत विभिन्न व्यक्तिहरुबाट संकलन गरेको राहदानीको फोटो खिची विभिन्न नक्कली कागजातहरु बनाउन अर्डर दिने र प्रतिव्यक्ति १० हजार लिने गरेको खुल्न आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%१%

प्रतिक्रिया दिनुहोस