आज:  | Wed, 08, May, 2024

आजबाट दर्ता नगरिएको मोबाईलहरु बन्द हुदै जाने

२० कार्तिक २०८०, सोमबार ०७:५६ मा प्रकाशित ( ६ महिना अघि) ५५५ पाठक संख्या
नारी बाटिका


काठमाडौं,२०कात्तिक ।

आजबाट दर्ता नगरिएको मोबाईलहरु बन्द हुदै जाने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)’ प्रणाली पुर्ण रुपमा लागु गर्ने भएको छ । व्यवशायीहरुले विदेशबाट अवैध बाटो प्रयोग गरी रुपमा अत्याधिक रुपमा मोबाइल ल्याई नेपालमा बिक्री बितरण गरिएको भन्दै यसलाई नियन्त्रण गर्ने उद्देश्यले यो प्रणाली आजदेखि लागु गर्ने भएको हो।

प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयनमा ल्याउने जनाएको छ। गत वर्ष असोज १ देखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको यो प्रणालीलाई प्राधिकरणले एक वर्षपछि पुर्ण रुपमा लागु गर्न लागेको जनाएको छ । आजबाट हरेक दिन दर्ता नभएका मोबाइलको नेटवर्क लक हुँदै जाने भएका छन्।

कात्तिक ४ गते प्राधिकरणले एमडिएमएस लागु गर्नु पूर्व सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र दर्ता गरिसक्न जानकारी गराएको थियो। त्यसअघि पनि प्राधिकरणले बारम्बार एमडिएमएस प्रणालीमा मोबाइल दर्ता गराउन सार्वजनिक सूचना जारी गरेको थियो ।

दुरसंन्चार प्राधिकरणका अनुसार गत वर्ष असोजदेखी नेपाल भित्रिएका करिब २० लाख व्यक्तिगत मोबाइल सेट यो प्रणालीमा दर्ता भएका छैनन् । एमडिएमएस प्रणालीका लागि प्राधिकरणले सञ्चालनमा ल्याएको mdms.nta.gov.np मा गएर मोबाइल दर्ता भए÷नभएको हेर्न सकिन्छ । व्यक्तिगत रूपमा विदेशबाट ल्याइएका मोबाइल पनि यसैमार्फत दर्ता गर्न सकिने जनाएको छ।

व्यक्तिगत मोबाइल दर्ताका लागि भन्सार घोषणा सहितको प्रज्ञापनपत्र अपलोड गर्नुपर्ने छ। प्राधिकरणले आफ्नो दर्ता प्रक्रियालाई पूर्ण रूपमा अनलाइन र निःशुल्क गरेकोले यसबाट वेवाग्राहीलाई सहयोग पुग्ने जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस