भगवती उप्रेती
नारी वाटिका संवाददाता
धादिङ,२० कात्तिक ।
नीलकण्ठ नगरपालिकाका मेयर एव्ं राष्ट्रिय नगर महाँसंघका अध्यक्ष भीम प्रसाद ढुंगानाद्धारा नेपालमा पछिल्लो समयमा भुकम्पबाट बिछिप्त भएका जाजरकोटकोटका प्रभावित भुकम्प पिडितलाई जाजरकोट पुगेर आर्थिक सहयोग गर्नु भएको छ । आईतबार साँझ जाजरकोटको सदरमुकाम खलंगा पुगेर नगद २ लाख ५० हजार सहयोग गर्नु भएको छ ।
संघीय सरकारका उर्जामन्त्री शक्ति बहादुर बस्नेत,कर्णाली प्रदेशका अर्थमन्त्री बेदराज सिंहको उपस्थितीमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनुवारलाई नगद २ लाख ५० हजार हस्तान्तरण गर्नु भएको हो । नगर प्रमुख भीम प्रसाद ढुंगाना सहित नेपाली काँग्रेस धादिङका नेता,पुर्व सभापति एव्ं समाजसेवी रमेश धमला सहितका टोली जाजरकोट पुगेर भुकम्प प्रभावितहरुका लागी आर्थिक सहयोग गर्नु भएको हो ।
निलकण्ठ नगरबासी र नगरपालिकाको तर्फबाट पाँच लाख सहयोग गर्ने कार्यक्रम अनुरुप जाजरकोट जिल्लाको लागि २ लाख ५० हजार र रुकुम पश्चिमको लागि २ लाख ५० हजार सहयोग गरिन लागिएको हो । साथै आज सोमबार भुकम्प प्रभावित क्षेत्र रुकुमपश्चिममा पनि स्थलगतमै पुगेर आर्थिक सहयोग गरिने नगर प्रमुख भीम प्रसाद ढुंगानाले जानकारी दिनु भएको छ ।
मेयर ढुंगानाले भुकम्प प्रभावित क्षेत्रको अवलोकन समेत गर्नु भएको जनाईएको छ। साथै भुकम्पमा परी ज्यान गुमाउनेहरुलाई श्रद्धाञ्जली व्यक्त गर्दै घाईतेहरुको शिध्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस