
नारी बाटिका
काठमाडौं,२१ कात्तिक ।
पहाडी भेगमा हिजो शोमबारबाट हल्का चिसो बडेको महशुस भैरहेछ । वर्षमा घुमिरहने ६ ऋतुहरुको चक्रको नेपालको हावा,पानी,माटो र भौगोलिक बनावट अनुसारको प्रभाब पर्ने गर्दछ । साथै गर्मीयाम सकिएर जाडोको मौसम परिवर्तन भएसंगै बिस्तारै चिसो सुरु भएको छ ।
सामान्यतया कात्र्तिक महिना सुरु भएपछी चिसो पनि आउने भएपनि वितेको वर्षमा झैं यस वर्षमा खासै चिसोको महशुस भएको थिएन तर कात्तिक महिनाको तेस्रो हप्ताको अन्तिम तिर आजको मौसममा कतै सामान्य वर्षा त कतै हल्का हिमपातको सम्भावना रहेको छ ।
अहिले पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा नै रहेको छ। मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार दिउँसो देशको पहाडी भू,भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने जनाएको छ।
मंगलबार पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ ।
यस्तै महाशाखाका अनुसार राति पहाडी भूभागका केही स्थानमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।








प्रतिक्रिया दिनुहोस