आज:  | Tue, 07, May, 2024

धादिङमा बेलुकी ९ बजेपछि देउसी भैलो खेल्न नपाइने जिल्ला प्रशासन कार्यलयको निर्देशन

२३ कार्तिक २०८०, बिहीबार ०९:१४ मा प्रकाशित ( ६ महिना अघि) ४५६ पाठक संख्या
नारी बाटिका


धादिङ,२३ कार्तिक ।

धादिङमा तिहार नजिकिए संगै बेलुकी ९ बजेपछि देउसी भैलो खेल्न नपाइने गरी जिल्ला प्रशासन कार्यलयले निर्देशन गरेको छ । साथै नेपालीहरुको मुख्य ठुलो चाड मध्यको दोस्रो ठुलो चाड तिहार नजिकिदै गर्दा बजारमा केही चहलपहल पनि हुन थालेको छ । चाडपर्वका समयमा जुवातास,झैझगडा,होहल्ला जस्ता कार्यलाई निरुत्साही गर्नुपर्नेमा नागरिकको धारणा रहेको हुन्छ ।

विशेष गरी नेपाली समाजमा तिहारमा जुवातास खेल्ने मदिरापानको बिक्री वितरण अत्याधिक हुने र मदिरा सेवन गरी घर परिवार तथा समाजमा होहल्ला हुने जोखिमलाई मध्यनजर गरी जिल्ला प्रशासन धादिङले तिहारमा खेलिने देउसी भैलो कार्यक्रम बेलुकी ९ बजेसम्म मात्र खेल्न पाईने गरी वुधबार एक सुचना जारी गरेको छ । नेपालीको संस्कार र संस्कृती जोडिएको कार्यक्रममा असभ्य, अमर्यादित, उछृङ्खल तथा सामाजिक सद्भाव खलबल्याउने किसिमका प्रस्तुती गर्न पाइनेछैन सुचनामा उल्लेख गरिएको छ ।

साथै मंदिरा तथा मदिराजन्य पदार्थको बिक्रि वितरण बेलुकी ९ बजेसम्म मात्र प्रचलित कानून अनुसार अनुमति प्राप्त व्यवसायीले मात्रै बिक्री बितरण गर्नु पर्ने सुचनामा उललेख गरेको छ । त्यसै गरी चाडपर्वको रमाईलोको नाउमा पड्काईने पटका, आतसबाजी, भुईचम्पा लगायतका बिष्फोटक पदार्थहरूको उत्पादन, आयात, संचय, बिक्री वितरण र प्रयोग गर्न र गराउन पाइने छैन उल्लेख गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेद्वारा हस्ताक्षर गरिएको सूचनामा शान्ति सुरक्षा कायम गर्दै संस्कृति जगेर्ना गर्न पनि अनुरोध गरिएको छ । जुवातास, कौडा सट्टेबाजी लगायतका जुवाजन्य खेल खेल्ने खेलाउने लगायत कानूनले निषेध गरेका कुनै प्रकारका कार्यहरु गर्न र गराउन पाइने छैन भनेर सुचनामा उल्लेख गरी सम्पुर्ण नागरिकलाई सु सुचित गराईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%२%१%

प्रतिक्रिया दिनुहोस