आज:  | Thu, 16, May, 2024

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२को ग्रेड वृद्धिको परीक्षाफल सार्वजनिक

२३ कार्तिक २०८०, बिहीबार १४:४२ मा प्रकाशित ( ६ महिना अघि) २५४ पाठक संख्या
नारी बाटिका


काठमाडौँ,२३ कात्तिक ।

विहिबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पुरक)परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।

आज परीक्षा बोर्डले एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा गत असोज ९ र १० गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक)परीक्षाको नतिजा सार्वजनिक गरिएको जनाएको छ ।

यस परीक्षामा जम्मा एक लाख १७ हजार आठ सय ८२ विद्यार्थीले परीक्षा दिएकोमा ८८ हजार नौ सय ४७ अर्थात् ७५ दशमलव ४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

साथै १५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्ड जानकारी गराएको छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस