आज:  | Tue, 03, Dec, 2024

धादिङको त्रिपुरासुन्दरी ३ मुलपानीकी एक महिलाले विष सेवन गरिन्

२४ कार्तिक २०८०, शुक्रबार १९:०३ मा प्रकाशित ( १ साल अघि) ९२१ पाठक संख्या
नारी बाटिका


धादिङ, २४ कात्तिक ।

सुक्रबार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ३ मुलपानीकी एक महिलाले विष सेवन गरेकी छिन् । आज दिउँसो अ.ं१२ बजेको समयमा धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका ३ मुलपानी बस्ने बर्ष ५५ कि प्रेम कुमारी बांनियाले तत्काल नाम नखुलेको बिषादी सेवन गरी बिरामी परेकी हुन् ।

निज बानियाँलाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी आरुघाट गोर्खा पठाएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाण्डौ तर्फ पठाएको छ । उनको अबस्था छ भने उनि बोल्न नसक्ने अबस्थामा रहेको प्रहरीले जनाएको छ ।

उद्धारका निमित्त घटना स्थानमा ईलाका प्रहरी कार्यलय सल्यान्टारबाट प्र.स.नि.को कमाण्डमा टोलि खटीई गएको थियो । बानियाँले बिषादी सेबन गर्नुको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%११%

प्रतिक्रिया दिनुहोस