आज:  | Mon, 06, May, 2024

आज तिहारको पहिलो दिन कागलाई मिठा मिठा खानेकुरा दिएर मनाईदै,साथै यमपञ्जक सुरु

२५ कार्तिक २०८०, शनिबार ०८:३४ मा प्रकाशित ( ५ महिना अघि) ३२७ पाठक संख्या
नारी बाटिका


धादिङ,२५ कात्तिक ।

शनिबारदेखी तिहारको यमपञ्जक सुरुभएको छ । साथै आज तिहारको पहिलो दिन काग तिहार हो भने कागलाई मिठा मिठा खानेकुरा दिएर काग तिहार मनाईंदै छ । वर्षभरीको चाडपर्व मध्यको हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महानचाड तिहारको आज पहिलो दिन। आजदेखि यमपञ्चक सुरु भएको छ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितिया सम्मको पाँच दिन यमपञ्जक मानिन्छ ।

साथै आजको दिनबाट कात्तिक शुक्ल द्वितिया सम्मको पाँच दिनसम्म यमराज आफ्ना सबै काम छाडेर बहिनी यमुना कहाँ अतिथिका रुपमा बस्ने भएकाले यो पाँच दिनलाई यमपञ्चक भनिएको हो ।यमराजको दूतका रुपमा मानिएको कागको पूजा गरेर आज काग तिहार मनाइँदैछ। कात्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गर्ने गरिन्छ।

हाम्रो समाजमा कागलाई सन्देश वाहकको रुपमा हेरिने भएकाले शुभ सन्देशको अपेक्षा गर्दै कागको पूजा गरिएको । काग यमराजको अत्यन्त प्रिय भक्तसमेत हो। आज घरमा पाकेका सबै परिकारहरू दुना, टपरी, पातमा राखेर कागलाई घरको कौसी वा आँगनमा का का का भन्दै बोलाएर खान दिइन्छ ।

धर्मशास्त्रअनुसार यमराजले राखेको मानिसको जन्म मृत्युको विवरण पृथ्वीसम्म ल्याउने र लैजाने काम कागले नै गर्ने धार्मिक मान्यता रहेको छ। यसैगरी काग तिहारको धार्मिक महत्त्व बोकेको पाईन्छ । सांस्कृतिक चाड तिहारको धार्मिक र सामाजिक हिसाबमा आफ्नै विशेषता समेटेको छ। बत्तिको झिलिमिली र खुसीयालीको पर्वको रुपमा रहेको तिहारलाई चेली माइती तथा पशुपंक्षीबीचको आत्मियता, घनिष्ठता बढाउने चाडको रुपमा पनि लिएको छ ।

यो पर्व तिहारको कुरा गर्ना साथै झिलिमिली बत्तिको प्रकाश, घर आँगनमा फूलेका मखमली र सयपत्री जस्ता रङ्गी बिरङ्गी फूलहरु, रमाईलोको साथ खेलिने देउसी भैलो टोलीको नाचगानको साथै सेलरोटी लगायत विभिन्न परिकार लगायतका मिठाइको स्वादको सम्झना हुन्छ। तिहार पर्वको साँस्कृतिक महत्व मात्रै होइन धार्मिक महत्व पनि धेरै ठूलो रहेको छ। यमपञ्चक समेत भनिने तिहारको पाँच दिनमा क्रमैसँग काग, कुकुर, गाई, गोरु र आफ्ना दाजुभाइको पूजा गरी भाईटिका लगाएर तिहारलाई बिदा गरिन्छ।

यस पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन मनाइन्छ। यसको सुरुवात कात्तिक कृष्ण त्रयोदशीको दिन मनाइने काग तिहारबाट हुन्छ। तिहारको पहिलो दिनमा यमराजको दूत कागको पूजा गरिन्छ। काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ।

हाम्रो नेपाली समाजमा कागलाई सन्देश वाहक प्राणीको रुपमा लिइन्छ। अझै पनि गाँउघरमा आफ्नो घर अगाडि आएर काग करायो भने केही सन्देश ल्याएको वा घरमा पाहुना आउने जानकारीको दिएको मानिन्छ।कागले विशेषगरी अशुभ सन्देश छिटो ल्याउने जनविश्वास रहेको छ। हाम्रो समाजमा अझै पनि आफ्नो घरआँगन तथा घरको धुरीमा बसेर काग कराउन थाल्यो भने राम्रो खबर सुनाओस् भनेर ‘सुबोल‘ सुबोल‘’ अर्थात शुभ बोल भनेर भनिन्छ ।

हिन्दू धर्मशास्त्रका अनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसहरुको जन्म मृत्युको विवरण राख्ने गर्दछन्। त्यस्तो विवरण पृथ्वीलोकमा ल्याउने र लैजाने काम भने कागले गर्छ भन्ने धार्मिक मान्यता रहेको छ।

अन्य चराको तुलनमा कागले आकाशबाट उडेर छिटो सन्देश ल्याउन लैजान सक्ने भएकाले यमराजले कागलाई आफ्नो दूत बनाएको धार्मिक विश्वास रहेको छ। त्यसैले काग तिहारको दिनमा कागलाई पूजाआजा गरेर मिठो खानेकुरा खान दिएमा यसले वर्षभर आफ्नो घरमा दुःखद सन्देश ल्याँउदैन भन्ने विश्वास रहेको छ।

यस्तै काग तिहारको दिन कागको पूजाआजा नगरेमा पापको भागी भइन्छ र मृत्युपछि नर्कमा पुगिन्छ भन्ने धार्मिक विश्वास रहेको छ। त्यसैले कागतिहारमा कागलाई घरआँगनमा बोलाई आज नेपालीको घर घरमा बनेका खाद्यान्नको परिकार खान दिइन्छ।

त्यस्तै प्रकृतिको लागि पनि काग एउटा नभई नहुने पन्छी हो। यसले हाम्रो इकोसिस्टम’मा पनि ठूलो योगदान दिन्छ। हामीले लगाएको बालीनालीलाई हानी गर्ने किरा फट्याङ्ग्राहरुलाई खाइदिएर कागले अन्न उत्पादन बढाउन सहयोग गर्छ।

यसले पर्यावरण स्वच्छ राख्न पनि महत्वपूर्ण भूमिका निभाउँछ। मानवसभ्यता र प्रकृतिसँग जोडिएको पन्छी कागको पूजा गर्नुलाई मानिसले प्रकृतिमा रहेका जीवजन्तुलाई गर्ने प्रेम र सम्मानको रुपमा पनि बुझ्न सकिन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%३%

प्रतिक्रिया दिनुहोस